नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले वरियताप्रति असन्तुष्टि जनाउँदै समानुपातिको बन्दसूचिबाट आफ्नो नाम हटाउँन माग गर्दे निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।
सोमबार सामाजिक संजाल फेसबुक मार्फत डा. यादवले आफूले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताउनु भएको हो । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव धनुषाबाट निर्वाचित हुनु भएको थियो ।
डा. यादवले सामाजिक संजालमा यस्तो लेख्नु भएको छ, ‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकोले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु। मेरो उम्मेदवारीलाई मधेसी समूहमा क्र. संख्या २ नं. को सट्टा ३ नं. मा राखिएको मेरो जानकारीमा आएको छ । धन्यबाद । जय नेपाल ।’
यादव नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुनुुहन्छ । उहाँ पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा समेत हुनुुहन्छ ।



