२०७९ आश्विन १८, मंगलवार ०८:१४

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो । सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरू भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।

बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।

बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।

राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News