२०७९ आश्विन २०, बिहीबार १०:१९

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

Please subscribe our official youtube channel below and support us.

 

Comment


Related News

Latest News

Trending News