२०७९ आश्विन २२, शनिबार १४:०७
मधेस प्रदेशमा भोली (आइतवार) सार्वजनिक विदा हुने भएको छ।
मधेस प्रदेश सरकारको गृह तथा संचार मन्त्रालयले आज एक सुचना जारी गर्दै इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक विदाको निणर्य गरिएको जनाएको छ।
मधेस प्रदेशको प्रदेश राजपत्रमा २०७८ चैत्र १८ गते प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना अनुसार पछि यकिन हुने गरी पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने व्यवस्था रहेको हुँदा मन्त्रालयको मन्त्रीस्तरको निणर्यअनुसार भोली असोज २३ गते मधेस प्रदेश भर सार्वजनिक विदा रहेको छ ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना समेत व्यक्त गरिएको छ।

Please subscribe our official youtube channel below and support us.

