बारामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन र अचारसंहिताको पालना गराउने विषयमा कलैयामा छलफल भएको छ ।
बाराका मुख्य निर्वाचन अधिकृत पूर्णेश्वर प्रसाद उपाध्यायको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले आज हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मनोनयन दर्तालाई बारामा आचारसंहिता पालना सहित शान्तिपूर्ण ढंगले मनोनयन दर्ता गराउने विषयमा समेत छलफल भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाराको ४ वटै निर्वाचन क्षेत्रमा खटाइएको निर्वाचन अधिकृतहरुको नाम समेत सार्वजनिक गरेको छ । क्षेत्र नम्बर –१ मा कैलाश क्षेत्री , क्षेत्र नम्बर –२ मा सुदर्शन ढकाल ,क्षेत्र नम्बर –३ मा मुख्य निर्वाचन अधिकृत पूर्णेश्वर प्रसाद उपाध्याय र क्षेत्र नम्बर –४ मा कर्ण बहादुर राई निर्वाचन अधिकृत रहेको निर्वाचन कार्यालय बाराले जनाएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर आचार्य ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी , सशस्त्र प्रह्ी बल ,नेपाल नं.१२ का गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।