सप्तरीको छिन्नमस्ता गाउँपालिकामा संचालित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिवल कप प्रतियोगिताको उपाधि धनुषाले हात पारेको छ ।
शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा धनुषाले मोरङलाई पराजित गर्दै उपाधि हात पारेको छ । जितसँगै धनुषाले एक लाख नगदसहित ट्रफि प्राप्त गरेको छ । उपविजेतामा सीमित मोरङले ५० हजार नगदसहित ट्रफि प्राप्त गरे । वेस्ट अफ फाइभ खेलमध्ये सुरुका दुई÷दुई खेल दुबै टिमले जिते पनि पाँचौं र अन्तिम संघर्षपूर्ण खेलमा धनुषाले जित निकाल्दै उपाधि हात पारेको हो । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायतले विजेता÷उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।