अपडेट 
२०७९ आश्विन २३, आईतवार १२:३२

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

दशैँको बिदा सुरु हुनुअघि गएको १४ गते सुनको भाउ ९३ हजार रुपैयाँ प्रतितोला रहेको थियो । आज बढेर ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले बढेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News