२०७९ आश्विन २३, आईतवार १४:०२
पर्सामा स्रोत नखुलेको २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिखरबेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङलगायत तीनजना छन् ।
वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

