अपडेट 
२०७९ आश्विन २३, आईतवार १६:२७

पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार सात सय ६१ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २३ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय ७० जनामा झरेको छ ।

थप १९ हजार चार सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News