अपडेट 
२०७९ आश्विन २३, आईतवार १९:५३

हिजोसम्म चलेको पार्टि प्रवेशको लहर उम्मेदवारीको दिन बिद्रोहको रुपमा परिणत भएको छ ।सिद्धांत र मुदाबिहिन भएको दलगत गठबन्धनलाई दलकै स्थानिय दोश्रो तहका नेताहरु गठबन्धनलाई ठगबन्धनको नाम दिन थालेर बिद्रोहका ओर्लेका छन् । दलहरु बिच चुनावी गठबन्धन र तालमेल हुदा पर्सामा टिकट नपाएकाहरुले दर्जनौ विद्रोहीहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय ठुला दलभन्दा पनि टिकट नपाएका कारण पार्टीबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या मधेसी दल जसपामा बढि देखिएको छ । त्यसमा पनि दलबाट विद्रोह गरि स्वतन्त्र उम्ममेदवारी दिनेहरुमा प्रतिनिधीसभा सदस्य भन्दा पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार बढि छन् । आइतबार दिउसोसम्म निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार , पर्साको निर्वाचन क्षेत्र १ र २ मा प्रदेशसभा सदस्यका लागि दलबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका ७ जना मध्ये ६ जना मधेसी दलकै छन् ।

पार्टीबाट टिकट नपाएपछि जसपाबाट केन्द्रिय सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी , युवा नेता मुकेश द्विवेदी , महानगरपालिकाका मेयर राजेशमान सिहका भतिज रुपेशमान सिंह , लोसपाका केन्दिद्रय सदस्य शशीकपुर मियाँ , लोसपाकै वीरगन्ज महानगर अध्ध्यक्ष ओम प्रकाश सर्राफले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसबाट टिकट नपाएका युवा नेता सुधीर पटेलले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

यसैगरी पर्सा क्षेत्र नम्बर ४को क बाट नेकपा माओवादीका बीरेन्द्र यादव र ख बाट एमालेका पन्ननलाल गुुप्ताले उम्मेदवारी दिएका छन् ।
हालै लोसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका प्रहलाद गिरीलाई पार्टीेले टिकट नदिएपछि नेकपा ९एकीकृत समाजवादी० बाट उम्मेदवारी दिएका छन् । बर्तमान प्रदेशसभा सदस्य समेत रहेका गिरीले पर्सा निर्वाचन क्षेत्र नं। ३ ९ख० को प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ताको एक दिन पहिला मात्र आएर एमालेले जसपासंग गठबन्धन गरेपछि गिरीले दाबी गरेको क्षेत्र जसपाको भागमा परेको छ । जसपाले डा। मधु गुप्तालाई उम्मेदवार बनाएको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News