२०७९ आश्विन २३, आईतवार २०:१८

तीन दशक नेपाली कांग्रेसमा बिताएका अजय द्धिवेदीले पार्टीको निर्णयको बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पंचायती व्यववस्थाको बिरोध गर्दै विद्यार्थीकाल देखि नेपाली कांग्रेसमा लागेका द्धिवेदी उम्मेदवारी दर्ता गराउन आउदा उनको मनमा ठुलो बिद्रोह र आखामा पटक पटक आश्रुबगे थियो ।संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।तपाइको तीस बर्षको लगानी र आजको स्वतन्त्र उम्मेदवारीबारे प्रश्न गर्दा उनीले आफुलाई रोक्न सकेनन ,‘आश्रुपुछदै उनले भन्ने पार्टीले मसंग बिभेद गरेको कारण आजको यो मेरो स्वतन्त्र उम्मेदवारी हो ।’उनीसंगै आएका अरविन्द गुप्ताले उहाको आखामा पटक पटक आएको आशुले हामीबिच पनि ठुलो पार्टी प्रती ठुलो आक्रोस उत्पन्न गरेको बताए ।

द्विवेदी , अन्तिम समय सम्म पार्टीबाट नै टिकट पाउनु पर्ने अडानमा थिए । तर शनिबार राति सत्तँगठबन्धनमा रहेको काँग्रेस र लोसपा बिच चुनावी तालमेल गर्ने सहमति भएपछि पर्सा क्षेत्र नम्बर १ लाोसपाको भागमा परेको थियो ।द्विवेदीले पार्टीबाट टिकट नपाए आफु स्वतन्त्र भएरपनि चुनाव लड्ने घोषणा गर्दै आएको थिए । द्विवेलीले भने ,‘ मेरो उम्मेदवारी विभेदको खिलाफको विद्रोह हो, मसंग अन्याय भएको छ ,पर्सा क्षेत्र नम्बर १को सम्पुर्ण कांग्रेसी कार्यकर्ताको चहनाको बरोधमा पार्टिले अरुदललाई उम्मेदवार मानेको हो ।

यसैगरी एक महिना अगाडि जसपाबाट नेकपा माओवादीमा प्रवेश गरेका टेक बहादुर शाक्य पनि पर्साको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन । गठबन्धनको जालोमा परेर पार्टीले आफुलाइ टिकट नदिएपनि आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहना अनुसार उम्मेदवारी दिएको उनले बताए । द्विवेदीले भने ,‘ मैले स्वतन्त्र उम्मेदवारी दिएपनि मेरा क्षेत्रका आम मतदाता मलाइ विजयी गराउछन् भन्नेमा म विश्वस्त छु । सत्तागठबन्धन र लोसपा बिच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ । लोसपाबाट यो क्षेत्रमा नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् ।उनी पर्सा क्षेत्र नम्बर ४छाडेर १बाट उम्मेदवारी बनेकोमा पनि ठुलो आक्रोस छ

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News