मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनकोलागि बाराको ४ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाकोलागि ७१ जनाको र प्रदेश सभाकोलागि १ सय २० जनाको उम्मेदवारी परेकोछ । बारा क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्यमा १८, प्रदेशसभा १(क) मा १३ र १(ख) मा १५ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा २० जना स्वतन्त्र छन् । प्रतिनिधिसभामा ६ र प्रदेशसभा दुवैतर्फ १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ मा राजनीतिक दलको भन्दा स्वतन्त्र उम्मेदवार बढी देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको मनोनयनमा दलबाट भन्दा स्वतन्त्र उम्मेदवारले बढी उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. २ को तीन सीटका लागि भएको मनोनयनमा ४७ जनाले उम्मेदवारी दिएका छन् । जसमा राजनीतिक दलको १८ जना छन् भने स्वतन्त्रतर्फ २९ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि राजनीतिक दलबाट ६ जनाले उम्मेदवारी दर्ता गर्दा ९ जना स्वतन्त्र उम्मेदवार छन् । बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको एक सीटको लागि १८, प्रदेशसभा (क) तर्फको एक सीटका लागि १५ र (ख) तर्फको एक सीटका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने ४५ जनामध्ये १५ जना स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभा र प्रदेशतर्फ पाँच÷पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको एक, प्रदेशसभाको दुई सीटका लागि ४८ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ४ को प्रतिनिधिसभामा २० जनाले उम्मेदवारी दिएका छन् । जसमा १० जना स्वतन्त्र उम्मेदवार छन् । केहीले राजनीतिक दलबाट टिकट नपाएपछि असन्तुष्ट भइ स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केही राजनीतिक दलको डमी उम्मेदवार रहेका छन्


