अपडेट 
२०७९ आश्विन २५, मंगलवार ०८:१७

अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सीमा नाका हुँदै भित्र्याउँदै गरेको तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाका साविक गाविस शिखर वेसी–७ बस्ने ४५ बर्षीय अनिता तामाङ्ग, सोही ठाउँ निवासी ४४ बर्षीय सरिता अग्रवाल र धादिङ्गको ३० बर्षीय मन्जु तामाङ्गलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका महिलाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेकी अनिता तामाङ्ग र उनको साथमा आएकी मन्जु तामाङ्गले बोकी ल्याएको झोलाबाट स्रोत नखुलेको नगद भारतीय २८ लाख ५६ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले जानकारी दिए । दुबै जनाको शरीरको तलाशी लिदा उनीहरु मध्येका अनिता तामाङ्गको साथबाट भारतीय दुई हजारको नोट ५५ थान, ५ सयको नोट ५ हजार ३ सय ८० थान गरी जम्मा भारतीय रुपैया २८ लाख र उनको साथमा आएकी मन्जु तामाङ्गको साथबाट भारतीय ५ सयको नोट ११२ थान गरी जम्मा भारतीय ५६ हजार फेला परेको उनले जानकारी दिए ।

उनीहरूसंगै भारतबाट आएकी सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा सलंग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । बरामद नगद रुपैया तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ले जानकारी दिए ।

Comment


Related News