२०७९ आश्विन २५, मंगलवार ०८:२२

धनुषाको एकै पालिकाबाट १५जना खेलाडी ९ औ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका छन् ।

जिल्लाको मिथिला नगरपालिकाबाट १५जना खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडी मध्ये १४ जना हक्की खेलाडी छन् भने एक जना खो–खो का खेलाडी रहेको स्थानीय हिमालय युवा क्लवका पूर्व अध्यक्ष अरुण कुमार महतोले जानकारी दिए । १६ जना खेलाडी मध्ये ८ जना पुरुष र ८ जना महिला रहेको उनले बताए । ती खेलाडीहरु मंगलबार विहान पोखराको लागि प्रस्थान गर्दैछन् । हक्की खेलका लागि छनौट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ,नविन कुमार महतो,रुपेश राई ,अजयकुमार साह, पुरुषोत्तम महतो,अजयकुमार महतो,अमित राय रहेका छन् । त्यस्तै महिलातर्फ अन्जलीकुमारी महतो, भूमिकाकुमारी महतो,निरा कुमारी महतो,श्रुती राय, आरतीकुमारी महतो,मधु कुमारी साह,प्रितिकुमारी महरा र अन्जलीकुमारी साह रहेकी छन् । त्यसैगरी, खो–खो खेलतर्फ महिलामा रुपा राई छनौट भएकी छन् । आफ्नो पालिकाबाट यतिको संख्यामा खेलाडीहरु राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने भएपछि आफूहरु खुशी महसुस गरिरहेको मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले बताइन ।

सोमवार खेलाडीहरुलाई विदाइ गर्दै खेलाडी खेलकुदको विकासलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने उपमेयर बुढाथोकीले बताइन । हिमालय युवा क्लवका पूर्व अध्यक्ष महतोले भने,‘यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याटमिन्टन,,कब्बडी, कराँते लगायतका खेल खेल्ने खेलाडीहरु धेरै छन, तर व्यवस्थापन र प्रशिक्षकको अभावमा कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन ।’उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिएको खण्डमा यहाँबाट विभिन्न खेलमा दर्जनौ खेलाडीहरु उत्पादन गर्न सकिने बताए ।

Comment


Related News

Latest News

Trending News