२०७९ आश्विन २५, मंगलवार ०८:४८

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले अघिल्लो दिन जिल्लाको ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि भएको मनोनयनपत्र दर्ताको सम्पूर्ण विवरण सोमवार सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं.१ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ गरी ७० जनाले उम्मेदवारी दिएका छन् । जसमा ६५ जना पुरुष र ५ जना महिला छन् । प्रदेशसभातर्फ ९६ पुरुष र १५ जना महिला गरी १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ ७० र प्रदेशसभातर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी दिएका छन् । जसमा प्रतिनिधिसभातर्फ १ महिला र २६ पुरुष तथा प्रदेशसभातर्फ ३५ पुरुष र ६ महिला गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यसरी महिला र पुरुष गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जोशीले जानकारी दिएका छन् । मुख्य दलहरुबाट महिला उम्मेदवारको संख्या शून्य भए पनि स–साना दलबाट प्रतिनिधि र प्रदेशसभामा गरी १३ जना महिलालाई उम्मेदवार बनाइएको छ । यस अनुसार प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता दल, नेपाल संघीय समाजवादी पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभातर्फ नेमकिपाले ४, नेपाल कम्युनिष्ट पार्टीले २ तथा नेपाली कांग्रेस (विपी), राप्रपा र राप्रपा नेपालले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News