२०७९ आश्विन २५, मंगलवार ०९:२६

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ।

भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ। प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए। आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ।

आयोगका अनुसार आयोगमा कूल ५ हजार ९६८ उमेदवारी दर्ता भएको छ। यस्तै प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २५ सय १३ जनाको उमेदवारी दर्ता भएको छ। प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ । उमेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ।

Comment


Related News

Latest News

Trending News