अपडेट 
२०७९ आश्विन २५, मंगलवार १५:४०

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९-०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिक-ग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।

त्यस्तैगरी कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक–ग्रेड वृद्धि परीक्षार्थी)को भदौ मसान्तमित्र प्रकाशन गरिनेछ। कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ।

पुनर्योगका लागि विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनसक्ने र पुनर्योगको नतिजा प्रकाशन नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) हुनुपर्नेछ ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि २०७९ कार्तिक मसान्तभित्र रजिष्ट्रेसन आवेदन फारम वितरण हुनेछ। कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेसन आवेदन फाराम २०७९ पुस १५ गतेभित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयहरुले माघ १५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित कार्यालयहरुले फागुन १५ गतेभित्र सम्बन्धित विद्याहरुलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्नुपर्ने उल्लेख छ ।

कार्यातालिका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको २०७९ पुष १ गतेबाट सम्बन्धित विद्यालयहरुलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, २०७९ पुष १६ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालय र क्याम्पसहरुले कक्षा ११ का आंशिक–ग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिक–ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्नुपर्ने, माघ १६ गतेदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालय–क्याम्पसहरुले विलम्ब शुल्क सहितको परीक्षा आवेदन भराउनुपर्नेछ। विद्यालय र क्याम्पसहरुले फागुन १५ गतेसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फारम बुझाउनुपर्नेछ।

२०८० साल वैशाखमा कक्षा १२ को नियमित, आंशिक–ग्रेडवृद्धि एवम् कक्षा ११ को (आंशिक–ग्रेड वृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०७९ माघ मसान्तभित्र प्रकाशन हुने र परीक्षा केन्द्र फागुन मसान्तभित्र निर्धारण गरिनेछ। २०७९ चैत मसान्तभित्र विद्यालयहरुलाई विद्यार्थीहरुको प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण गरिनेछ।

Comment


Related News

Latest News

Trending News