अपडेट 
२०७९ आश्विन २६, बुधबार ०६:४२

प्राकृतिक प्रकोपको व्यावहारिक दृष्टान्त आँधी, हुरी, सुख्खा, बाढी, भूकम्प आदि हुन् । अध्यात्मवादीहरु यसलाई दैवी प्रकोप पनि भन्दछन् । नेपालमा धेरै ठूला आँधीहरु आउँदैनन् । यसको कारण हो कि हाम्रो नजिक समुद्र छैन । जमिनमा रुख बिरुवा र खाल्टो हुनाले हावाको गतिलाई रोक्दछ । साथै नेपालमा पहाडै पहाड छ । हावाको जस्तोसुकै गतिलाई पनि पहाडले रोक्दछ । एक त समुद्र नहुनु तथा अर्को पहाडै पहाड र जंगल हुनुले हावाको गतिलाई रोक्दछ जसले गर्दा समुद्री किनारमा आउने साइक्लोन जस्ता हावाहुरीहरु हामीकहाँ आउँदैनन् । तर पनि हरेक वर्ष हावाहुरीले हामीकहाँ ठूलो क्षति पु¥याउने गरेको छ । हावाहुरीले मुख्य गरी चैतदेखि असारसम्म निकै क्षति पु¥याउने गरेको छ । रुख ढाल्ने, केराखेती तथा अन्य तरकारी बालीलाई ठूलो क्षति पु¥याउनुका साथै छाप्रेघरहरुलाई पनि ठूलो नोक्सानी पु¥याउने गरेको छ । केही वर्ष पहिलेको भूकम्प आफैँमा एउटा भयानक प्राकृतिक प्रकोप थियो । केही दिनको अन्तरालमा नेपालमा पनि सानातिना भूकम्पहरु त्यसपछिका दिनमा जाने क्रम देखिइरहेको छ । सानातिना धक्काले खासै केही असर नपरे पनि ठूलो भूकम्प पो आउने हो कि भन्ने डर र चिन्ता धेरैलाई हुने गरेको छ । यो चिन्ता जायज पनि छ । किनभने भूकम्पले पूर्व सूचना दिँदैन । अन्य प्राकृतिक प्रकोपले झैँ भूकम्पको बारेमा पहिले अनुमान लगाउन वा वैज्ञानिक किसिमले यसबारे पूर्व तथ्य पहिल्याउन सकिएको छैन । यसको सचेतना नै सबैभन्दा ठूलो उपाय हो बचावको लागि । सबैभन्दा पहिले त हरेक क्षेत्रको निर्माणलाई भूकम्परहित बनाउनु सबैभन्दा ठूलो उपाय रहेको छ । भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा पनि सचेत हुनु आवश्यक छ । यस विषयमा निरन्तर सचेतना जगाइरहनु पर्दछ । निरन्तरको सचेतनाले भूकम्प प्रतिरोधी चेतनामा आम नागरिकमा गइरहन्छ र मानिस सचेत भइरहन्छन् । बाढी र सुख्खा दुई विपरीत प्राकृतिक प्रकोप हुन् । आवश्यकताभन्दा बढी वर्षा हुँदा बाढी आउने हुन्छ भने आवश्यकताभन्दा कम वर्षा हुँदा सुख्खा जाने सम्भावना हुन्छ । बाढीले पनि देशमा जनधनको क्षति पु¥याउने हुन्छ । हरेक वर्ष केही मात्रामा बाढीबाट जनधनको क्षति हुने गरेको छ नै । गत वर्ष अलिक बढी क्षति भएको पनि सत्य हो । बाढीले घर बगाउने तथा मानिस र चौपायालाई हानि गर्ने हुन्छ । यदि बस्ती डुबानमा वा कटानमा पर्छ भने यसले निकै धेरै हानी पुग्ने सम्भावना हुन्छ । बाढीले बालीनालीलाई पनि असर पु¥याउने गरेको छ । हरेक वर्ष बाढीले बालीनालीलाई ठूलो असर पु¥याएको देखिन्छ । यस वर्ष मुख्य गरी मधेस प्रदेशमा बाढीले क्षति पु¥याएको देखिएको छैन तर बाढीको तुलनामा सुख्खाले भने क्षति पु¥याएको छ । असार, साउन र करिब आधा भदौ महिनामा खासै पानी नपर्दा धान बालीमा नोक्सान पुगेको थियो ।

पछिल्लो समयमा पानी पर्न थालेपछि भने धानबाली सप्रेको छ तर धानकै एक प्रजाति गदर बालीलाई भने सुख्खाले आफ्नो चपेटमा लिएको सत्य हो । बाढी र सुख्खाको समयमा पहाडमा पहिरो जाने हुन्छ । पहिरो पनि सुख्खा र हिले दुवै किसिमको हुने गरेको छ । पहिरोले नेपालमा हरेक वर्ष जनधनको क्षति पु¥याउने गरेको छ । बाटै अवरुद्ध पारिदिने, घरखेत नै बगाएर लैजाने तथा जनधनको क्षति पु¥याउने काम पहाडमा पहिरोले गर्दै आएको छ । पहिरोको सम्भावित जोखिम क्षेत्रको पहिचान गरी पहिरोलाई नै रोक्नु पर्ने तथा पहिरोबाट हुन सक्ने क्षतिलाई सम्भव भएसम्म न्युन गर्ने उपायको खोजी गर्नुपर्ने देखिन्छ । यो असम्भव भने छैन तर पनि हरेक वर्ष बाढी पहिरो तथा सुख्खा पहिरोबाट क्षति पुगिरहेको देखिएको छ । बाढी र पहिरोबाट जोगिन जनचेतना त जरुरी छ नै तर यो भने पर्याप्त छैन । बाढी र पहिरोबाट जोगाउन तथा क्षतिलाई न्युन गर्न राज्यले पनि सम्भव भएसम्मको प्रयास गरिनु आवश्यक आवश्यक छ । नागरिकले पनि राज्यको भर मात्र परेर बाढी पहिरोबाट जोगिन सम्भव छ भने नठाने हुन्छ । हरेक समय सचेत रहनै परेको छ । नेपालमा हिमस्खलन अर्थात हिउँ पहिरोका घटनाहरु पनि सुन्नमा आउँछन् । हिउँ पहिरोले पनि नेपालमा क्षति पु¥याएको देखिन्छ । हिउँ पहिरो मुख्य गरी हिउँ अत्यधिक जम्ने क्षेत्रमा हुने गरेको छ । नेपालमा हिउँ अत्यधिक जम्ने उच्च हिमाली क्षेत्रतिर तुलनात्मक रुपमा बस्ती कम रहेको छ तर पर्वतारोहणको दृष्टिकोणले भने निकै रमाइलो, राम्रो ठाउँको रुपमा रहेको नेपालमा पर्वतारोहणको क्रममा हिउँस्खलनमा मानिसहरु पर्दा भने संकट नै पर्ने गरेको हुन्छ । हिमस्खलनको पूर्व जानकारी हुँदैन । यो पनि पहिरो नै भएकोले यसको बारेमा पूर्व जानकारी नहुनु स्वाभाविक हो तर सम्भव भएसम्मको सचेतना अपनाउनु उचित हुन्छ । यस क्षेत्रका उच्च बौद्धिक तथा प्राविधिक दृष्टिकोणले बुझ्ने मानिसले निरन्तर सचेतनाको विस्तार गर्नु आवश्यक छ । विदेशमा ज्वालामुखी विस्फोटलाई पनि प्राकृतिक प्रकोपकै रुपमा लिइन्छ । हाम्रो देशमा ज्वालामुखी विस्फोटका घटना सुन्न पाइँदैन तर विदेशमा भने सुन्न पाइन्छ । यस बारेमा त्यहीँका स्थानीयलाई बढी जानकारी हुनुपर्छ । प्राकृतिक प्रकोप किन आउँछ भन्ने विषयमा कुनै ठोस कारण वा एकै किसिमको कारण भन्ने हुँदैन । यदि यस्तो हुन्थ्यो भने प्राकृतिक प्रकोपलाई रोक्नको लागि निकै धेरै उपायहरु गर्न सकिन्थ्यो तर प्राकृतिक प्रकोपको वास्तविक कारण निकै कम मात्रामा जान्न सकिएको छ । यद्यपि पर्यावरणीय असन्तुलन र पृथ्वीको गर्भमा आन्तरिक हलचलको कारणले अनेक किसिमका प्राकृतिक प्रकोप आउने गरेको अनुमान गरिएको छ । प्राकृतिक प्रकोपका केही कारणहरुमा मानवीय कारणहरु जस्तै आधुनिकीकरण, औद्योगिकीकरण, सहरीकरणलाई पनि मानिएको छ ।प्राकृतिक प्रकोपका मुख्य गरी वातावरण प्रदूषण, जलवायु परिवर्तन जस्ता दुष्परिणाम निस्कन्छन् । प्राकृतिक प्रकोपले मानवीय, भौतिक, पर्यावरणीय तथा सामाजिक क्रियाकलापलाई व्यापक रुपसे प्रभावित पार्दछ भन्ने कुरो हामी नेपालीले राम्ररी बुझेका छौँ । सबैभन्दा महत्वपूर्ण कुरो जानकारी नै हो, सचेतना नै हो । हामीले प्राकृतिक प्रकोपलाई रोक्न सक्दैनौँ तर यसको क्षतिलाई न्युन गर्न सक्छौँ । क्षतिबाट सम्भव भएसम्म बचाउन सक्छौँ । प्राकृतिक प्रकोपको अवस्थामा पनि कसरी आफूलाई सुरक्षित राख्ने भन्ने विषयमा निरन्तर सामाजिक संजालमा पनि छलफल हुनु परेको छ । पूर्व जानकारी नदिई आउने र कुनै मौसम नहुने प्राकृतिक प्रकोपबाट जोगिनको लागि हर समय सचेतना आवश्यक छ ।

यसको लागि रेडियो, टेलिभिजन तथा स्थानीय एफएमहरुको सम्बन्धित निकायले प्रयोग गरिरहनु उचित हुन्छ । स्थानीय भाषामा यस्ता सन्देशहरु दिइरहनु पनि मनासिब नै हुन्छ । यसै गरी सामाजिक संजाल पनि प्रभावकारी हुन सक्छ सचेतनाको लागि । नागरिक समाजले यसको लागि ठूलो भूमिका खेल्न सक्छ । नागरिक समाजले औपचारिक तथा अनौपचारिक रुपमा यसबारे बेला मौकामा छलफल चलाइरहनु उचित हुन्छ । क्तिपय सबालमा विभिन्न महामारीलाई पनि प्राकृतिक प्रकोपको रुपमा लिने गरिएको पाइन्छ । यद्यपि पहिलेको जमाना होइन हो तर पनि कोरोना महामारीले विश्वलाई नै प्रभावित पारेको सत्य हो । कोरोना महामारीलाई प्राकृतिक प्रकोप भन्न सकिन्छ कि सकिँदैन ? यो एउटा प्रश्न होला तर यस प्रकारका विभिन्न महामारीहरु समय समयमा आइरहन्छ । हामी सचेत नागरिकहरुले यसबारे पनि जानकारीहरु बढाइरहनु जरुरी छ तर बाहिरबाट आएका र विभिन्न माध्यमले समाजमा सरिरहेका कतिपय महामारीको बारेमा नागरिक समाजले भन्दा पनि सम्बन्धित निकायले जानकारी गराएपछि तिनलाई अझ विस्तार गर्नु पर्ने हुन्छ । नागरिक समाजले सचेत हुनुपर्ने पक्ष यो हुन्छ कि यदि कुनै प्राकृतिक प्रकोप वा महामारीबाट सचेतनाको लागि कुनै अन्य बेभसाइट वा सामाजिक संजालमा आएका विषयवस्तु छन् भने त्यसको भर पर्नु उचित हुन्न । सम्बन्धित सरकारी निकायबाट आएको आधिकारिक जानकारीलाई मात्र विस्तार गर्नुपर्छ । र, महामारी तथा प्राकृतिक प्रकोपको समयमा सम्भव भएसम्म स्थानीय वा केन्द्रीय रेडक्रससित समन्वय गर्नु अझ राम्रो हुन सक्छ । यो पनि सम्भव छ कि रेडक्रस कुनै समयमा सक्रिय नभएको देखियोस् र नागरिक समाजको ताकेताले गर्दा सक्रिय भएको देखियोस् । प्राकृतिक प्रकोपले कसैको हित नगरी सर्वत्र नोक्सानी नै पु¥याउने हुनाले यसबाट जोगिनको लागि हरेक मानिस सचेत हुन सकेमा जन धनको क्षति न्युन गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News