२०७९ आश्विन २६, बुधबार ०७:०३

बारा क्षेत्र नं.३ को डुमरबानामा सत्ता गठबन्धनका उम्मेदवार जिताउन निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

क्षेत्र नं.३ का प्रतिनिधि सभा उम्मेदवार लोसपाका लालबाबु सिँह र क्षेत्र नं.३(क) का उम्मेदवार माओवादी केन्द्रका मुकेश साहको विशेष उपस्थितिमा सो परिचालन समिति गठन गरिएको हो । माओवादी केन्द्रका जीतपुर सिमरा नगर उपाध्यक्ष राजेन्द्र प्रसाद भट्टईको अध्यक्षतामा बसेको भेलाले काग्रेसका वडा सभापति ओमराज पाण्डेको संयोजकत्वमा २१ सदस्यीय वडा परिचालन कमिटी र माओवादी केन्द्रका नगर कमिटी सदस्य हरि कृष्ण के.सि.को संयोजकत्वमा २१ सदस्यीय युवा परिचालन कमिटी गठन गरिएको माओवादी केन्द्रका राम प्रसाद लामिछानेले जानकारी दिए। भेलामा माओवादी केन्द्रका गीता कडेँल,भरत भण्डारी ,रामानन्द यादब लगायतको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News