आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि धनुषामा ६ जनाको उम्मेदवारी फिर्ता भएको छ । बुधबार निर्वाचन कार्यालयमा उनीहरु लिखित रुपमा पत्र बुझाएर उम्मेदवारी फिर्ता लिएको हो ।
निर्वाचन क्षेत्र १ को ‘ख’ मा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका लक्ष्मीनारायण मण्डल केवटले फिर्ता लिएका छन् ।
यस्तै, सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट नै दुई जना स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नेत्रदीप लामा र आन्नद मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । तर बुधबार दुबै जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए ।
यस्तै, निर्वाचन क्षेत्र ४ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका किसुन यादव र नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका राजेन्द्र महतोले उम्मेदवारी फिर्ता लिएका छन् । सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका रामदुलार महतोले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत डङ्गोलले जनाए ।
त्यस्तै, महाेत्तरी क्षेत्र नं ३ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । आज बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदाे मङ्सिर ४ गते हुन लागेकाे चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।
यस्तै उम्मेदवारी फिर्ता लिनेमा त्यही निर्वाचन क्षेत्र नं. ३ (ख) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सफुदिन अन्सारी पनि हुनुहुन्छ ।
क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णप्रसाद देवकोटा र क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार रामबाबु साहले पनि उम्मेदवारी दिनुभएकाे छ ।
यस्तै क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार हरेराम लामा, क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटा, क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवार हरिचन यादव, क्षेत्र नं २ कै स्वतन्त्र उम्मेदवार मुरली यादव र क्षेत्र नं. ४ (क) का स्वतन्त्र उम्मेदवार दिनेशकुमार यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।
त्यस्तै, पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पर्साका ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं १ मा शान्तिदेवि खड्का, सोही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीबाट नन्दकिशोर श्रीवास्तव, पर्सा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र स्वतन्त्रबाट महोमद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फ १(ख) मा आलम देवन फकिर, ३ (क) मा स्वतन्त्रबाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पर्सामा संघ र प्रदेशसभामा गरेर १६७ जनाको उम्मेदवारी दर्ता भएको थियो जसमा प्रतिनिधि सभा सदस्य तर्फ ११० जना र प्रदेशसभा सदस्य तर्फ ५७ जनाको उम्मेदवार रहेका छन् ।
please subscribe our official youtube channel below and support us.


