बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ बस्ने दीपेन्द्र चौधरीलाई श्रीमती सहित ३ जनाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बाराका प्रहरी प्रमुख एसपी हबिन्द्र बोगटीले श्रीमती सुजाता चौधरी सहित दुई जना नाबालक सन्तानलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जनाएका छन् । हत्यापछि साईकल दुर्घटनामा घाइते भएका चौधरीको उपचार बारा जिल्लामै रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।उपचारको क्रममा अस्पतालमा रहेका चौधरीलाई प्रहरीले निगरानी गरिरहेको छ ।उनी मंगलवार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चौधरीले गत २४ गते दुबै सन्तानसहित श्रीमतीलाई फकाएर प्रसौनी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने ढोरा खोलामा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नी सुजाता, ४ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा राजवीर चौधरीलाई खोलामा नै छाडेर दीपेन्द्र घर फर्केर धारिलो हतियारलगि हत्या गरेको बताइएको छ । स्थानीय बासिन्दाहरुले दीपेन्द्र र पत्नी सुजाताबीच मधुर सम्बन्ध रहेको थिएन् ।उनीहरुबीच झैझगडा हुने गरेको बताइएको छ ।हत्या गर्नु भन्दा दुई दिन अगाडि मात्र श्रीमतीलाई दीपेन्द्रले ससुरालीबाट फकाएर ल्याएका थिए । दीपेन्द्रको भनाई अनुसार प्रहरीले ढोरा खोलामा खोजतलाशगर्दा तीनै लाश फेला परेको थियो ।हत्या गरी खोलामा लाश फालिएको खबर दीपेन्द्रले लुकाए पनि उनका ससुराले प्रहरीमा छोरी र नातीनातिना हराइरहेको जानकारी गराएका थिए ।
प्रहरीले अनुसन्धान थालेपछि दीपेन्द्र अस्पतालमा फेला परेको र त्यहाँ नै उनले हत्या गरेको खुलासा गरेको प्रहरीले जनाएको छ ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=R9LPU7poSSo