अपडेट 
२०७९ आश्विन २७, बिहीबार ०८:१७

बैद्यनाथधाम अनेक नामबाट प्रख्यात छन् । कतिले बाबाधाम त कतिले देवधाम आदि नामले बुलाउने गर्छन । बैद्यनाथधाम आफैमा एउटा प्रसिद्ध धाम हुन् । विश्वका हिन्दूहरू बाबालाई दर्शन गरी आशिर्वाद लिन बैद्यनाथधामसम्म आउँछन । यस लेखका लेखक पनि केही व्यक्तिहरूका एउटा समूहमा सामिल भएर बाबाधामको धार्मिक यात्राका लागि तम्तयार भयो । यसै महिनाको १९ गते दशमी तिथि बुधबारका दिन जनकपुरधामबाट बाबाधामका लागि यात्रा शुरू गरियो ।

संख्यात्मक रूपमा ३० जनाको समूह भएकोले जाँदा–आउँदा रमाइलैपूर्वक समय वित्न थाल्यो । हामी बुधदिनकै विहान नेपाल रेल्वेबाट भारतको जयनगर शहर पुग्यौं । जयनगर मधुबनी जिल्लाको उत्तरी क्षेत्रको मात्रै होइन नेपाल धनुषा एवं सिरहा जिल्लाका लागि पनि किनमेलको प्रमुख बजार रहेछ । त्यही सबै जना खाइओइ गरी राति ८ः३० मा जयनगर भागलपुर एक्सप्रेसमा चढ्यौं । सीटको अभाव भए पनि हामी जेनतेन विहान ६ः०० बजेतिर सुल्तानगंज पुग्यौं । त्यहाँबाट सबैजना पैदलै हिडेर गंगाको जहांगीरघाटसम्म पुगेर गंगाको पबित्र जलमा सबै जना धार्मिक मन्त्रोच्चारणसाथ स्नान तथा पूजापाठ गरी पवित्र भयौं । सुल्तानगंजदेखि बैद्यनाथधामको दुरी १०५ कि.मी. रहेछ । यसलाई पूरा गर्न काँवरियाहरू गंगाजलको भार बोकी पैदलै पूरा गर्छन् भने अन्य यात्रुहरूमध्ये कतिले आफ्नै रिजर्भ गाडीले, त कतिले ओटोरिक्सा तथा बसमा जाने गर्छन । हामी सबै जना एकदम छोटो यात्रामा निस्केका हुनाले एउटा माइव्रmोबस रिजर्भ गरेर सुल्तानगञ्जबाट बैद्यनाथधामका लागि गुड् यौं । बाटोमा केही स्थानको अवलोकन गर्दै आनन्द लिँदै हामी अगाडी बढ्दै गयौं । सबैभन्दा पहिले हामी बाबा अजगैबीधामदेखि कमराय पुग्यौं ।

त्यो स्थान सुल्तानगञ्ज देखि ६ कि.मी. रहेछ । त्यसपछि दोस्रो पडाव मासूमगञ्जको बाटो २ कि.मी. पार गर्दै हामी असरगञ्ज–रणगाउँ (५ कि.मी), रणगाउँ–तारापुर (३ कि.मी), तारापुर–माधोडीह (२ कि.मी), माधोडीह–रामपुर (५ कि.मी), रामपुर– बुमारसार (८.कि.मी), कुमारसार–विश्वकर्मा टोला (४ कि.मी), महादेवनगर–चन्दननगर (३ कि.मी), चन्दननगर– जिलेबियामोड (२ कि.मी), जिलेबियामोड–टंकेश्वरनाथ (५ कि.मी), टंकेश्वरनाथ–सूइया (३ कि.मी), सुइया– शिवलोक (२ कि.मी), शिवलोक–अबरखिया (६ कि.मी), अखरखिया–दुल्लीसार (६.५ कि.मी), दुल्लीसार– कांवरियाधर्मशाला (१.५ कि.मी), कांवरियाधर्मशाला– लक्ष्मण झूला (८ कि.मी), लक्ष्मणझूला– इनारावरण (२ कि.मी), इनारावरण–भूलभूलैयानदी (३ कि.मी), भूलभूलैयानदी–गोरियारी (५ कि.मी), पटनियाधर्मशाला–कलकतियाधर्मशाला (३ कि.मी), कलकतियाधर्मशाला–भूतबंगला (५ कि.मी), भूतवंगला– दर्शनिया (१ कि.मी) र दर्शनिया–शिवगंगाबाबामन्दिर (१ कि.मी) गरी जम्मा १०५ कि.मी. को दूरी तय गरेर बाबाधामको मंदिर पुगिन्छ । भगवान शंकर भारतीय भूमिमा २१ अवतार लिइ २१ पटक प्रकट भएका थिए । त्यस्तै भगवान शंकरको शिवलिङ्गतिर जाँदा २१ शिवलिङ्गमध्ये बैद्यनाथशिवलिङ्ग निकै प्रसिद्ध शिवलिङ्गमा आउँछन । यसमध्ये द्वादश ज्योतिर्लिङ्गहरूमा केदारनाथ (उत्तराखण्ड), विश्वनाथ (काशी), महाकालेश्वर (उज्जैन), ओंकारेश्वर (मध्य प्रदेश), मल्लिकार्जुन (आन्ध्र प्रदेश), बैद्यनाथ (झारखण्ड), भीमशंकर (आसाम), धुरमेश्वर (औरंगाबाद), त्र् याम्बकेश्वर (नासिक), नागेश्वर (गुजरात), सोमनाथ (गुजरात) र रामेश्वरम् (मद्रास) रहेका छन् । हुनत भारतीय चारधाममा बैद्यनाथधाम आउँदैन । चारधाममा जगन्नाथधाम, रामेश्वरम्, द्वारिका र बद्रीनाथ आउँछन् । बैद्यनाथधाम भारतीय चारधामभित्र नपरे पनि यसको महत्ता कुनै धामभन्दा कम रहेको देखिँदैन । एक समय राक्षस श्रेष्ठ अभिमानी एवं परम शिवभक्त रावणले भगवान शंकरलाई प्रसन्न गर्नका लागि कैलाशपर्वत गएर कठिन तपस्या गरेका थिए । धेरै समयसम्म आराधना गर्दै जाँदा पनि रावण शिवलाई प्रसन्न गर्न सकेन । त्यसपछि रावणले अझै कठोर तप गर्ने निश्चय गरे । अति कठोर तपस्या गर्दा पनि भगवान शंकर प्रकटको लक्षण नदेखेपछि आफ्नो टाउको एक– एक गरेर काटेर शिवजीको पूजा स्थलमा राख्न थाले । नौवटा टाउको काटी सकेपछि दशम् टाउको काट्न लाग्दा भक्तवत्सल भगवान शिव प्रकट हुनु भयो र काटिएका सिरहरू तुरूस्त गरि रावणसँग वरदान माग्न भनुभयो । रावणले भन्नुभयो यदि तपाई ममाथि प्रसन्न हुनुहुन्छ भने मसँगै हिडेर लंका नगरीमा बास बस्नुहोस् ।

भगवान शिव असमन्जसमा परेपनि भक्त रावणका तपस्या हेरेर इन्कार गर्न सक्नुभएन । अन्तमा भगवान शिवले भनुभयो– मेरो लिङ्ग स्वरूपलाई तिमी भक्तिपूर्वक आफ्नो साथ लिएर जाउ, तर लिङ्गलाई धर्तीमा नराखिकन लंका जाउ, यदि धर्तीमा राख्यौं भने शिवलिङ्ग त्यही स्थापित हुनेछ । रावण भगवान शिवको वचनलाई शिरोधार्य गरी लङ्काका लागि प्रस्थान गर्नुभयो । शिवमायांले रावणलाई भारी लघुशंका गर्ने इच्छा जागृत भयो । एउटा गोपलाई लिङ्ग समात्न लगाइ रावण लघुशंका गर्न थाल्नुभयो । गोपले पटक पटक रावणलाई भने पछि रावण लघुशंकाबाट नआएपछि गोपले त्यही लिङ्गलाई राखिदिनुभयो । लिङ्ग त्यही स्थापित हुनु भयो । यही ज्योर्तिलिङ्ग पछि गएर बैजनाथेश्वरको नामबाट प्रसिद्ध भयो । यस लिङ्गको दर्शनबाट सबै कामनाको पूर्ति तथा पापनाश हुने जनविश्वास छ । त्यसैवेला ब्रहा, विष्णु लगायत अन्य देवगणले त्यस लिङ्गलाई पूजा–अर्चना गरेका थिए । त्यसलिङ्गमा भगवान शिवलाई प्रत्यक्ष रूपमा पाएर ती सबै देवगणले उहाँलाई त्यहीं प्रतिष्ठा गरेर वहाँ बैद्यनाथधामको नामले प्रसिद्ध हुनुभयो । बाबा बैद्यनाथको दर्शन गर्न हामी एउटा निकै लामो पंक्तिमा पंक्तिबद्ध भयौं । निकै समयको अन्तरालपछि, हामी एक–एक गरेर बाबाको मन्दिरमा प्रवेश पायौं । दर्शन पनि बडो राम्रोसँग गरेर सबै विस्तारै बाहिर निस्कियौं । निस्किसकेपछि निकै थकाइ महसूस गर्न थाल्यौं । समय लगभग ५ः०० बजिसकेको थियो । हामी सबैजना नेपाली पंडा भोला मिश्रकहाँ फर्कियौं । तबसम्म पुरानो भवनमा ठाउँको अभाव देखिन्थ्यो ।

पंडाजीका सहायक पण्डा हामीलाई जनकपुर–मिथिला भवनतिर डो¥याउनु भयो । पानी परिरहेको कारणले हामी सबैजना अलिअलि भिज्न थाल्यौं । भिजे पनि पण्डाको पछि हामी छोडेनौं । लगभग ७ः३० मा हामी नयाँ भवनमा प्रवेश ग¥यौं । ठूलै हल खाली थियो । सबैजनाले राम्ररी बस्ने र सुत्ने ठाउँ पाए । म र मेरा भाइ पहिलो तल्लाको कोठामा स¥यौं । भोलिपल्ट हामी विहानै स्नान गरेर बासुकीनाथका लागि सुरसार ग¥यौं । बाबाधाममा हामी तीनवटा अटोरिक्शा भाडामा रिजर्भ ग¥यौं । बाबाधामबाट हामी सोझैं बासुकीनाथ गयौं । बाबाधामदेखि बासुकीनाथ ४६ कि.मी. पूर्वमा अवस्थित छ । बाबा बासुकीनाथधाम अत्यन्तै जाग्रत शैवतीर्थ स्थलमा आउँछन् । भनाइ छ कि बासुकीनाथबाबाको दर्शन बिना बाबाधामको पूजा अर्चना अधुरो हुन्छ । यहाँको प्रचलित मान्यता अनुसार यस रमणीक महावनमा निर्मल अत्यन्त मनोहर ज्यार्तिमय नागनाथ नामक शिवलिङ्ग कलियुगमा प्राणीहरूलाई सौन्दर्य तथा पुत्रादिक इच्छा पूरा गर्ने शक्ति पीठ हुनेछन् । बैद्यनाथधामदेखि बासुकीनाथसम्म जाँदै गर्दा बाटाका दृश्य एकदम मनमोहक देखिन्थ्यो । दुबैधामको बीचमा अनेकौ विश्राम स्थल छन् । जहाँ काँवरियाहरू विश्राम लिने गर्छन । त्यसै वाटोको बीच दुरीमा घोडमारा भने एउटा प्रसिद्ध ठाउँ रहेछ । हामी बासुकीनाथदेखि फर्किने बेला खाना त्यहीं खाएका थियौं । त्यहाँको पेडा निकै प्रसिद्ध रहेछ । अधिकांश श्रद्धालु भक्तजनहरू त्यहाँ पेडा किन्ने गर्छन । हामी पनि आफ्ना गच्छे अनुसार पेडा किनेका थियौं । त्यहाँबाट बाटैमा पर्ने हामी त्रिकुटाञ्चल पर्वत हेर्न मूल बाटोबाट लगभग ०.७५ कि.मी. उत्तर पुग्यौं । त्यहाँ बाँदरको सङ्ख्या बढी हेर्न पाइन्छ । पर्यटक सावधान भएन भने हातैबाट झप्टेर भाग्छन् ।

यो पर्वत देवघर देखि १८ कि.मी. को दूरीमा छ । यस पर्वतमा एउटा प्राचीन महादेवको मन्दिर छ । यसै स्थानमा दयानन्द आश्रम छ । यस स्थानको नैसर्गिकतालाई हेरेर सन् १६३३ मा दुर्गादेवीको मन्दिर स्थापना गरियो । यसपछि हामी तपोवन पुग्यौं । केही मानिसहरू हामीबाट छुटेर सोझै बैद्यनाथधाम फर्केका थिए । तपोवन बैद्यनाथ रेल्वे स्टेशनदेखि लगभग १० कि.मी. को दूरीमा अवस्थित छ । प्राचीनकालमा महर्षि वाल्मीकि एवं रावणका तपोस्थली थियो । यहाँ एउटा भव्य शिव मन्दिर रहेछ । यसै जंगलमा बालानन्द ब्रहचारीले यसै ठाउँमा सिद्धि प्राप्त गरेका थिए । वहाँको शिष्य ब्रहचारी मोहनान्द आश्रम पनि छ । यहाँ केही गुफाहरू छन् । ती गुफाहरू भित्रसम्म मानिसहरू गइरहन्छन् । यहाँ आध्यात्मिक केन्द्र पनि छ । अहिले तल बजारको रूप लिइ सकेको छ । देवघरको अन्य प्रमुख दर्शनीय स्थलहरूमा नन्दन पहाडी, हरिला जोडी, महादेव झर्ना, बैजू मन्दिर, कुण्डेश्वरीदेवी मन्दिर, नवदुर्गा मन्दिर, सत्सङ्गनगर, पगलाबाबा मन्दिर, रामकृष्ण मिशन रहेका छन् । यस्तै अन्य मन्दिरहरूमा नौलकखा मन्दिर, मानसरोवर, भैरबघाट, शीतला मन्दिर, दोलमञ्च, रामनिवास ब्रहचर्याश्रम, ध्यानकुटी, स्पटिकस्वयंभू लिङ्ग, चण्डी पहाडी रहेका छन् । यी तीर्थ स्थलहरू निकै प्रसिद्ध रहेका छन् । बैद्यनाथ मन्दिर प्राङ्गणमा बाइस अन्य मन्दिर छन् । यी मन्दिरहरूमा क्रमशः पार्वती मन्दिर, जगतजननी मन्दिर, गणेश मन्दिर, ब्रहा मन्दिर, संध्या मन्दिर, कालभैरब मन्दिर, हनुमान मन्दिर, मनसा मन्दिर, सरस्वती मन्दिर, सूर्य मन्दिर माइबगला मन्दिर, श्रीराम–लक्ष्मण–जानकी मन्दिर, गंगा जाह्नबी मन्दिर, आनन्दभैरबमन्दिर, गौरीशंकर मन्दिर, नर्मदेश्वर महादेव मन्दिर, तारा मन्दिर, काली मन्दिर, अन्नपूर्णा मन्दिर, लक्ष्मीनारायण मन्दिर, नीलकण्ठ मन्दिर, नन्दी बैल बसहा रहेका छन् । बैद्यनाथबाबा मन्दिरदेखि नजिकै शीवगङ्गा अवस्थित छ । तीर्थालुहरू त्यस गंगामा स्नान गरी पवित्र हुन्छन् । निष्कर्षमा के भन्न सकिन्छ भने बैद्यनाथधामको व्यवस्थापनमा केही कमिकमजोरी देखिन्थ्यो ।

सडकको दुबै छेउमा फोहरहरूले गर्दा दुर्गन्ध आइरहेको थियो । शिवगङ्गाको पानी निकै फोहर देखिन्थ्यो । बैद्यनाथधाम नगरपालिकाले सरसफाइमा ध्यान दिएको देखिएन । ठाउँ–ठाउँमा आधुनिक शौचालयको अभाव देखिन्थे । सामान्य रूपले मन्दिर वरिपरि खाने–बस्ने होटलहरूको अभाव महसूस गरेका थिए । बाबाधाम जस्तो अन्तर्राष्ट्रिय धाममा व्यवस्था पनि गतिलै भइ दिएमा अझै ठूल्ठूला परिवारका मानिसहरू सजिलै आउँथे होला । यस धामका लागि स्पेशल टे«नको व्यवस्था भइ दिए अझै पर्यटकहरू सजिलैपूर्वक यहाँसम्म आवत–जावत गर्थे होला ।

इतिश्री । लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News