२०७९ आश्विन २७, बिहीबार ०९:००

हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको ७ दिने प्रथामिक शिक्षा वर्ग आज समापन गरिएको छ । वीरगन्ज श्रीपुर स्थित ओम ईन्टरनेशनल स्कुलमा आयोजित समापन सामारोहका प्रमुख अतिथि नेशनल प्यापसन पर्साका अध्यक्ष श्रीराम श्रेष्ठले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

विश्वको एकमात्र हिन्दु धर्म नै हो, जसले कसैलाई क्षति पु¥याउँदैन तर हिन्दुलाई कसैले क्षति पु¥याउँन खोज्छ भने, आत्म संरक्षण गर्न पूर्व तयारी गर्नुपर्ने उनले बताए । विश्वकै पहिलो हिन्दुधर्मलाई पश्चिमी मुलुकहरुले अंगिकार गरीरहेका छन, यो हिन्दुत्वको लागि गर्व हो ।

तर हाम्रो देशमा केहि व्यक्तिहरु डरलमा आफनो धर्म बेच्ने काम गरीरहेका छन । यो देशको लागि शुभ संकेत होइन । हिन्दुत्वको संरक्षण हुन आवश्यक छ । हिन्दु स्वयंसेवक संघले हिन्दुत्व संरक्षणको लागि चालेको कदम सराहनीय रहेको बताउँदै उनले प्राथमिक शिक्षा वर्गबाट प्राप्त गरेको ज्ञानलाई सदुपयोग गरी हिन्दू धर्म रक्षाको लागि काम गर्न सुझाव समेत दिए ।

अध्यक्ष गुप्ताले हिन्दुत्वलाई कसरी अगाडी बढाउँन र हिन्दु समाजलाई कसरी जोड्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्न पनि हिन्दु स्वंयसेवक मार्फत नेशनल प्यापसन तयार रहेको बताए । यो प्रशिक्षणले सहभागिहरुको मनोबल बढाएको छ । उनले हिन्दुत्वको लागि काम गर्ने उर्जापनि प्रदान गरेको बताउँदै आउँने दिनमा यो भन्दा दोब्बर संख्यामा प्रशिक्षण गर्न सुझाव समेत दिए ।

कार्यक्रममा विश्व हिन्दू परिष नेपालका संगठन मन्त्री प्रहलाद रेग्मीले सम्पूर्ण हिन्दू समाज हिन्दू धर्म संस्कृतिको रक्षाको लागि काँधमा काँध मिलाएर अगाडी बढ्न आग्रह गर्नुभयो । हिन्दु स्वयंसेवक संघको काम धार्मिक हुनसक्छ, उनले भने, ‘कुनैपनि राष्ट्र र समाजको कार्य भनेको अत्यन्तै पवित्र र उदार्त कार्य हो । जसले राष्ट्र र समाजको लागि पवित्र कार्य गर्छ त्यो संगठन धार्मिक हुन्छ ।’

हिन्दु स्वयंसेवक संघले देशभक्ती कार्य सिकाउँछ । श्वको जागरण नै देशभक्ती हो । अर्कालाई गाली गरेर राष्ट्रभक्ती देशभक्ती हुदैन । विदेशीले दिएको डलरले देशभक्ती खडा गर्न सक्दैन, उनले भने, ‘देशमा देशभक्ती खडा गर्न समाजको सदभावले संगठन चलाउँनु त्यो संगठन नै दिर्घकालिन चल्छ । ’

समाजलाई संगठति गर्ने काम हिन्दु स्वयंसेवक संघले गर्दछ । समर्थ राष्ट्र बनाउँन हिन्दुहरु संगठित समाज निर्माण गर्नै पर्छ । उनले भने, ‘जसरी शरीर भित्र आत्म हुन्छ र त्यसरी नै राष्ट्रको आत्मा नै हाम्रो संस्कृति नै हो । आत्मा विना न शरीर हुन्छ न त राष्ट्र नै ।’ हाम्रो देशको संस्कृति नै हिन्दुत्व हो । नेपाल प्राचिनकालदेखि नै हिन्दु राष्ट्र हो । यसलाई जोगाउँन सम्पूर्ण हिन्दु समाज सगठित हुन जरुरी छ ।

उनले, समाजका देखिएको छुवाछात, जातपातलाई पूर्णरुपमा बहिष्कार गरी सम्पूर्ण हिन्दू समाजलाई नै संगठित गरेर अगाडी बढ्नुपर्ने बताए । हो, हाम्रो धर्मलाई सम्मान गर्नेलाई हामीले सम्मान गर्नुपर्छ, अपमान गर्नेलाई सबक किसाउँनै पर्छ, उनले भने, जसरी हाम्रो धर्मलाई सम्मान गर्छन, त्यसरी नै हामीपनि सम्मान गर्छौ ।

कार्यक्रममा बरिष्ठ समाजसेवी एवं उद्योगि अशोक बैद्यले ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए राष्ट्र हराउँछ र राष्ट्र हराए व्यक्ति नै हराउँछ’, व्यक्ति नसुध्रियसम्म राष्ट्र सुध्रिनेवाला छैन हरेक व्यक्तित्वमा हिन्दू धर्मसंस्कृतिको विकास हुन आवश्यक रहेको बताए ।

परापूर्वककाल देखि नै नेपाल हिन्दू राष्ट्र थियो र रहने नै छ । केहि नेताहरुले आफनो स्वार्थ पुरा गर्नको लागि नेपाललाई कागजमा धर्मनिरपेक्ष ल्याएतापनि त्यसलाई पूर्णरुपमा हिन्दू राष्ट्र कागजमै उल्लेख गराएर नेपालको एकमात्र पहिचान हिन्दू राष्ट्र नेपाललाई जोगाउँने बेला आएको उनले बताए ।

संघका पर्सा जिल्ला सम्भावक ललन द्धिवेदीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा वीरगन्ज महानगर प्याब्सनका अध्यक्ष आलोक चौरसिया, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, पर्सा क्षेत्र नम्बर १ को (ख) प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।

एकसता संचालित प्राथमिक शिक्षा वर्गका सहभागि शिक्षार्थीहरुले समारोहमा आ—आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए । यसअघि स्वंयसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन समेत गरेको थियो । पूर्ण गणवेश, हातमा दण्ड र घोष सहित पथसचालन निकालिएको थियो ।

श्रीपुर ओम ईन्टरनेशनल स्कुलको प्रारङ्गबाट निकालिएको पथसंचालन पथसंचालन मेनरोड हुदै मुर्ली, ब्रहमचौक, नेशनल ट्रेडिङ्ग, घण्टाघर, रानिघाट, श्रीपुर हुदै कार्यक्रम स्थलमा पुगेर समारोहमा परिणत भएको थियो । निकालिएको पथसंचालनलाई वीरगन्ज महानगरवासी उत्साहित भएर चोक चोकमा स्थानिय उत्साहित स्वंयसेवकहरु माथि पुष्पबर्षा गरेर भव्य रुपमा स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News