अपडेट 
२०७९ आश्विन २७, बिहीबार १७:२९

देशका सबै ७७ वटै जिल्लामा डेंगी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर ३७ हजार १ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो । त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रबालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comment


Related News

Latest News

Trending News