जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झा पार्टीबाट राजिनामा दिने तयारीमा लागेका छन् ।
टिकट वितरणमा असन्तुष्ट झा हाल पार्टीमा निष्क्रिय छन् । एक वर्ष अघि पनि उनले जसपा मधेश प्रदेश समितिको मुख्य सचिवसहित पार्टीका अन्य सबै जिम्मेवारीबाट राजिनामा दिएका थिए । त्यसपछि उपाध्यक्षको जिम्मेवारीमा सम्हालिरहेका उनी अहिले पुनः राजिनामा दिने तयारीमा छन् । मधेश प्रदेश समितिको उपाध्यक्ष भए पनि प्रदेशमा टिकट वितरण हुँदा आफूसँग कुनै सल्लाह नगरेको उनको गुनासो छ । ‘ प्रदेशमा टिकट वितरण गर्दा न कुनै सल्लाह भयो न मलाई कुनै टिकट दियो’ उनले भने । नेता झा भन्छन्, ‘मैले राजिनामा दिए पनि चुनावपछि नै दिन्छु तर चुनावमा उपेन्द्र यादवलाई सहयोग गर्छु कि गर्दिन त्यो निर्णयमा अहिले पुगेको छैन ।
’ पत्रकारिता पृष्ठभूमिका नेता झाले जसपाबाट राजिनामा दिए सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उपेन्द्र यादवलाई असर पर्ने अनुमान गरिएको छ । अध्यक्ष यादव पनि नेता झालाई मिलाउने प्रयास गरिरहेका छन् ।
Please subscribe our official youtube channel and support us.