बाराको वन संरक्षणमा कार्यरत फ्रन्ट लाईनरहरुलाई निजगढमा सीप हस्तान्तरण तथा क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजना र रेड कार्यान्वयन केन्दको सहकार्यमा सीप हस्तान्तरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिममा वन नियमावली २०७९ मा रहेका रुख ,काठको नापी गर्ने तरिका लगायत नयाँ प्रावधानहरुको विषयमा जानकारी र जलवायु परिवर्तनले जनजीवनमा परिरहेको असरहरुको विषयमा अवगत गराइएको डिभिजन वन कार्यालय बाराका योजना अधिकृत जवाहर कुर्मीले जानकारी दिए । तालिममा पूर्व वरिष्ठ फरेष्टर डा.राम अशेश्वर मण्डलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । बाराको वन क्षेत्रमा फ्रन्ट लाईनमा कार्यरत सहायक वन अधिकृत,रेन्जर,फरेस्टर र वनरक्षक गरी २५ जनाको तालिममा सहभागिता रहेको थियो ।


