२०७९ आश्विन २८, शुक्रबार ०७:२९

धनुषाको औरही खोलामा मिथिला नगरपालिकाका जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको छ ।

अवैध रुपमा ग्राभेल, बालुवा तथा ढुंगा उत्खन्न गरी बिक्री वितरण गर्दै आएको उपकरणलाई कारवाही नै नगरी छाडेको पाइएको छ । असोज १२ गते नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा अनुगमन टोलीले अवैध उत्खनन भइरहेको अवस्थामा औरही खोलाबाट ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२—०३—००१ क १९७६ नम्बरको टिपर १ थान, प्र.०३—००१त ७३२३ र प्र.०३—००१त ७३२४ नम्बरको ट्रयाक्टर २ थान नियन्त्रणमा लिएर उपकरणलाई इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएका थिए । मेयर महतो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर सुनिता सिंह बुढाथोकीले कार्यालयको पत्र काट्दै जरिवाना नै नगरी उपकरण छाडेकी छन् । कारवाहीका लागि नियन्त्रणमा लिइएका सवार ीसाधनलाई आवश्यक जरिवानासमेत नलिइ छोडिएको नगरपालिका कार्यालयले जनाएको छ । क्रसर माफियासंगको मिलेमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खनन्लाई छुट दिएको आरोप छ ।

उपमेयर बुढाथोकीले पत्र काट्दै उक्त सवारीसाधन नगरकार्यपालिकाका सदस्य विशेश्वर साह हलुवाइको जिम्मा लगाउन भनेकी छन् । तर ती उपकरण उत्खनन गर्नेले लगेको स्थानीयवासिन्दाले बताएका छन् । खोला तथा चुरे क्षेत्रमा डोजर लगाउँदा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ । नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खनन्, प्रशोधन गर्न नपाइने कानूनी व्यवस्था छ । खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने व्यवस्था छ ।

Comment


Related News

Latest News

Trending News