अपडेट 
२०७९ आश्विन २८, शुक्रबार ०७:३६

राजकुमार येलवर्ट र आमा येलिजावेथको विहे अप्रिल २६ ता. १९२३ ई.मा वेष्ट मिनिष्टर अबेमा भएको थियो । १९५२ ई.मा उनको पिताको मृत्युपछि येलीजावेथ द्वितीय की आमा “क्वीन मम” ले प्रसिद्ध भएकी थिइन । तर जब उनको मृत्यु एक सय एक वर्षको उमेरमा २००२ ई.मा भयो त्यस बखत उनी आफनो शाही परिवारकी सबभन्दा बढी प्रिय रानीको रुपमा मानिएकी थिइन । व्रिटेनकी महारानी येलिजावेथ द्वित्रीय आफनो हुने पतिलाई सर्वप्रथम ८ वर्षको उमेरमा भेटेकी थिइन । उनी थिए राजकुमार फिलिप । उनीहरु एक अर्काको माया प्रितिमा बाँधिएका थिए त्यसै बखत रानी येलिजावेथको विहे २० वर्षको उमेरमा नोभेम्वर २० मा १९४७ मा भएको थियो । केन्या भ्रमण कालमा जब राजकुमारी येलिजावेथलाई पिताको मृत्युको सूचना प्राप्त भयो उनलाई सोधियो “तपाई कुन शाही नामबाट सम्बोधन हुन चाहनुहुन्छ ? शोधदा “म येलिजावेथ चाहन्छु ।” रानी येलिजावेथ हाल सोह्र देशहरुको महारानी थिइन भने उनी चौवन सदस्यीय कौमन बेल्थ देशहरु की नेतृ थिइन र इंगलैण्डको चर्चको प्रमुख रहेकी थिइन । महारानीका चार सन्तानहरु छन । चाल्र्स अब प्रिन्स अफ बेल्स छन र राजगद्दीका उत्तराधिकारी पनि । चाल्र्स अब व्रिटेनको राजगद्दीमा महारानीको मृत्यु पछि बसेका छन जो सबभन्दा बढी उमेरका व्रिटिश राजा भएका छन । रानी येलिजावेथ द्वितीय की छोरी एनी छिन जो जसको जन्म राजा चाल्र्सको जन्मको दुई वर्ष पछि भएको थियो । राजकुमार एण्ड्रयु डयुक अफ योर्क को जन्म १९६० मा भएको थियो । रानी येलिजावेथका कान्छो सन्तान राजकुमार येडवर्ड छन जो अर्ल अफ एसेक्स छन । जब महारानीका छोरा चाल्र्स कैमिलासँग बिहे गरे २०१५ ई.मा महारानी त्यस विहेको उत्सवमा सरीक न भएकी भने थाहा हुन्छ । महारानी कुकुरको शौकिन हुनुहुन्थ्यो र विभिन्न खेलहरुमा पनि उनको रुची थियो । महारानीको विश्वकी सबैभन्दा धनी शाही परिकार मानिएको छ किनकि यस महारानीको सम्पत्ति ४५० मिलियन डलर बराबर मानिएको छ । येती मात्र होइन महारानी येलिजावेथ द्वितीय विश्वका सबै भन्दा बढी जग्गा धनी मानिएकी थिइन । महारानी का सम्पत्तिह्ररुमा कला र टिकट संकलनका बहुमूल्य संकलन पनि छ । महारानी सन २०१० देखि आफनो दरवारको बजेट ६२ डलर (मिलियन) बाट ५२ मिलियन डलर गरेकी थिइन । महारानी येलिजावेथ द्वित्रीयको ताजमा (मुकुटमा) भारतबाट ल्याइएको कहेनूर हीरा पनि राखिएको छ । यस कोहेनुर हीराको कथा यस प्रकार छ । ग्वालियर की महारानीले आफनाी छोरीको इज्जत र छोराको ज्यान बचाउन हुमायुले गरेको कामको लागि एउटा सानो वाकस हुमायुलाई उपहार दिएकी थिइन । त्यस वाकसमा विश्वका सबै भन्दा बढी वेसकीयती हिरा राखिएको थियो । यो हीरा हुमायुले वाबरलाई उपहारको रुपमा दिएपछि बाबरले पुन यो हीरा हुमायुलाई फर्काई दियो र भन्यो यसलाई शाही खजानामा राखियोस । त्यस बखत यसलाई “बाबरको हीरा” भनिएको थियो ।

पछि नादिर शाहले यो प्राप्त गरेपछि यसलाई “को–ए–नूर” भनेर नाम राखेकोले यो त्यसबेला देखि “कोहेनुर” नामले प्रसिद्ध भयो । यो हीरा शाह जहाँका सिंहासन तख्तेताउस जो विश्वको सबै भन्दा बहुमूल्य सिंहासन बन्यो त्यसमा जडान गरिएको भनिएको छ । तर अब त्यही कोहेनूर काट छाँट गरेर व्रिटेन की महारानीको मुकुटको शोभा बढाई रहेको छ । महारानी येलिजावेथको मुकुट विभिन्न रत्नहरु जडित अढाई किलोको रहेको छ । आफनो सत्तरी वर्षसम्मको व्रिटिस महारानीको रुपमा उनले प्रायः जसो सबै व्रिटिश प्रधानमन्त्रीहरुको साथ कार्यरत रहेकी पाइन्छ जसमा प्रारम्भमा वीनस्टन चर्चिल १९५२ पश्चात अन्थोनी इडेन, हेरल्ड वीलसन, जौन मेजर, टौनी व्लेयर, गौर्डन ब्राउन, डेविड कैमरोन, मारगरेट थैचर आदि हाल सम्म कै प्रधानमन्त्रीहरुको साथ सफलता पूर्वक काम गरेकी छिन । यसमा मारगरेट थैचरको भनाई थियो “म हमेशा सरकार प्रतिको उनको भावना पूर्ण रुपमा सही नै पाएकी छु ।” व्रिटेन कोइतिहासमा रानी येलिजावेथको शासनकाल सबै भन्दा बढी लामो रहेको देखिन्छ किनकी जौर्ज तृतीय ५९ वर्ष भन्दा बढी शासन गरेका थिए भने रानी विक्टोरियाको शासनकाल ६३ वर्ष मात्र रहेकोमा यस महारानी येलिजावेथ द्वितीयको राज्यकाल ७० वर्ष रहेको छ । महारानी येलिजावेथको निधन वालमोरल दरवारमा ८ सितम्बर २०२२ ई.मा भएको थियो । महारानीको अन्तिम दर्शनको लागि ८ कि.मि.सम्म मानिसहरुको लाइन लागेको बताइन्छ र उनको पार्थिव शरीरलाई वेष्टमिनिष्टर हलमा अन्तिम दर्शनको लागि ४ दिनसम्म राखिएको थियो । रानीको अन्तिम संस्कार ऐतिहासिक गिरिजाघर वेष्ट मिनिष्टर एवेमा भयो जहाँ १९५३ ई.मा रानीको राज्यारोहण समारोह पनि भएको थियो । उनलाई उनका पति प्रिन्स फिलिपको दफन भएको स्यान सँगै उनलाई पनि राती १२ बजे दफन गरिएको थियो । प्रिन्स फिलिपको २०२१ ई. मा निधन भएको थियो । रानी येलिजावेथका शिक्षा कुनै विध्यालय अथवा महाविध्यालयमा भएको थिएन । तर उनलाई फ्रेन्च भाषाको राम्रो पकड थियो । चीन, रुस, मैन्मार, बेलारुस, सिरिया, भेन्जुयेला र अफगानिस्तानलाई रानीको अन्तेष्टीमा भाग लिन आमन्त्रित गरिएको थिएन । भारतको तर्पmबाट राष्ट्रपति द्रौपदि मुमुर र नेपालको तर्पmबाट विदेशी मन्त्री यस अन्तिम संस्कारमा भाग लिएका छन । विगुल बजाएर अन्तिम संस्कार गरी दुई मिनट सम्मको मौन धारण गरिएको र देशभरी दस दिनसम्म शोक मनाउन घोषणा गरिएको कुरा थाहा भएको छ । आफ्नी आमाको मृत्युपछि राजा चाल्र्सले आमा प्रति श्रद्धांजली अर्पण गर्दै आफनो बाल्यकालको अनेक घटनाहरुको साथै अन्य अनेक घटनाहरु भावुक भएर चर्चा गर्नु भएको थियो । म माथि उल्लेख गरेको छु कि सन् २०१५ मा त्यस बखत राजकुमार चाल्र्सले कैमिलासँग विहे गरेको उपलक्ष्यमा भएको उत्सवमा महारानी येलिजावेथ नगएकी । यो अवस्था किन आयो होला । जब प्रिन्स चाल्र्स र लेडी डायना विवाहको बन्धनमा बाँघिए २९ जुलाई १८८१ ई.मा त्यसलाई विश्वले शताब्दीको विहे भनेर भनिएको थियो । १९८० ई. मा राजकुमार चाल्र्सलाई एउटी दुल्ही चाहिएको थियो र लेडि डायना उपयुक्त देखेर अर्को वर्ष उनीहरु विहेको बन्धनमा बाँधिए ।

डायना जब १२ वर्ष की थिइन उनी केन्टको वेष्ट हेल्थ स्कूलमा गएपछि उनले आफनो वेडको सामने राजकुमार चाल्र्सको फोटो राखेकी थिइन र त्यस बखत नै उनी वेल्स की राजकुमारी अर्थात राजकुमार चाल्र्स की जीवन संगिनी बन्न चाहेकी थिइन । डायना र चाल्र्सको इनगेजमेन्ट फरवरी १९८१ मा भयो । विहेपछि डायनाको राम्रो स्वास्नी र आमा बन्नुको साथै देशकी रानी बनी देशको सेव ागर्ने महात्वाकांक्षा बोकेकी थिइन । राजकुमार चाल्र्सको लागि डायना उपयुक्त एवं सम्पूर्ण रुपले परिपूर्ण थिइन । किनकि डायनाको परिवार राजकुमार चाल्र्सको परिवार सँगको सम्बन्ध पनि गहिरो रहेको थियो । विहे भएपछि डायनाको दुई छोराहरु भए विलियमको जनम १९८२ मा र हैरीको जन्म १९८४ मा भयो । तर क्रमश लोग्ने स्वास्नी बीचको तनाव बढन थाल्यो । यस बीच दुवै जना लोग्ने स्वास्नीले आफनो विहेको सात वर्षभित्र उनीहरुले १९ देशहरुको राजकीय भ्रमण गरे । तर उनीहरुको सम्बन्धको दूरीको आभास बाहिर आउन प्रारम्भ भै सके थियो । डायनाको सर्व साधारणहरुसंगको सम्बन्ध, उनको एड्स रोगीहरुसँग हाथ मिलाउने जब कि मानिसहरु त्यस्ता रोगीबाट टाढा रहन चाहन्छन । उनी आफना छोराहरुलाई गृहहीनहरुको आश्रय सम्म लग्न लागेकी थिइन जसबाट उनीहरुले वास्तविक विश्वसँग परिचय पाओस । यसबाट राजकुमार चाल्र्स असन्तुष्ट थिए र उनी कैमिला पार्कर बौल्स तिर सम्बन्ध बनाउन प्रारम्भ गरे । यता डायना पनि चार्लसबाट अतुष्ट भै अर्कोतिर फर्कन बाध्य भइन । चाल्र्सले एउटा साक्षात्कारमा आपूm डायनासँगको सम्बन्धमा अविश्वसनीय भएको विचार व्यक्त गरेका थिए । त्यसपछि एउटा वायोग्राफीमा भनेका थिए कि म डायनालाई कहिले पनि प्रेम नगरेको र विहे यसकारणले गरेको यसो गर्न मेरा पिताबाट दवाव परेको थियो । यी घटनाहरुले गर्दा महारानी येलिजावेथले दुवैजना चाल्र्स र डायनालाइृ पत्र लेखी भन्नुभयो कि “जति चाडो सक्छौ तलाक दी हाल” त्यस पछि डायना आफना पति चाल्र्ससँग सेन्ट जेम्स दरवारमा भेटेर यो घोषण गरिन कि हामी तलाक दिन राजी भएका छौं । छोड पत्र गर्दा डायना “ज्भच च्यथब िज्ष्नजलभकक” पदवीलाई त्यागेकी थिइन तर “एचष्लअभकक या ध्बभिक” पदवी धारण गरी रहन स्वीकृति दिइएको थियो । राजकुमारी डायनालाई २६.५ मिलियन डलर आफना कार्यालयका कर्मचारीहरुको तलव सुविधाको लागि र छ लाख डलर पाँच वेडहरुम भएको केन्सीगटन दरवारको लागि प्रदान गर्ने स्वीकृत भएको । प्राविधिक रुपमा डायना शाही परिवारकी अंश मानिएकी थिइन । डायनाले आफ्ना दर्जनौ प्रसिद्ध गाउनहरु वेचेर ३.२५ मिलियन डलर एकठा गरी एड्स र अन्य चैरिटीको लागि राखेकी थिइन । डायनाको दोदी फयादसँगको पहिलो गहिरो प्रेम प्रकरण भनिएको थियो । एक पटक फयादका पिताद्वारा डायना र उनका छोराहरुलाई सेन्ट ट्रोपेज स्थित घरमा आमन्त्रण गरी बोलाउदा डायनाले यसलाई एउटा पुरानो मित्रको परिवार भएको बताएको थिइन । डायना र दोदी फयादको सम्पर्क दश वर्ष अघि मात्र भएको थियो स्मिथको मैदान वीन्डसरमा जब कि दोदी फयादको पोलोको टीमले राजकुमार चार्लसको टीमलाई हराएको थियो ।

दोदी फयाद शाही सैनिक कौलेजबाट हौलीउडको फिल्म उद्योगको आर्थिक मामला हेर्दै थिए तर उनी पोलो खेल र सुन्दरीहरुको साथीको लागि बढी जानिन्थ्यो । यसमा मोडेल केली फिसरसँग पनि सम्बन्ध बनाएको तर त्यो सम्बन्ध डायना संगको सम्बन्ध भएपछि टुटयो । एक पटक डायना र फयाद दोदी पेरिस पुगेपछि राती अबेर राती मध्यराती पछि पेरिसको रिज होटलमा मन मुताविक मिठो खाना खाए पछि मर्सिडिज कारमा मिडियाको नजर छल्ने गरी पछाडीको सीटमा यिनीहरु बसे । गाडी ८५ माइल प्रतिघण्टाको स्पीडमा फयाद दोदीको बुबाको घर जो त्यहाँबाट चार माइलको दुरीमा थियो त्यहाँ पुग्न प्रस्थान ग¥यो । अबेर राती थियो मध्यरात भन्दा पनि बढी भै सकेको थियो । कार दुर्घटनामा प¥यो कार अनियनित्रत भै एउटा पर्खालमा ठोकियो र एउटा छत्त नै कार माथि आइ प¥यो । कारमा रहेका डायनाका भित्र दोदी र चालकको तत्छण मृत्यु भयो र डायनाको हाथ भाँचेको थियो तर डायनालाई कारबाट बाहिर ल्याउन लगभग एक घण्टा लागेको थियो । राजकुमार िडायनालाई तुरन्त एम्बुलेन्समा अस्पताल पु¥याइयो जो त्यहाँबाट चार माईलको दूरीमा थियो । तर छातीमा गम्भीर चोट लागेकोले डाक्टरहरुको गम्भीर प्रयासको बावजूद उनीहरुद्वारा विहान ४ बजे ३६ वर्षकी डायनालाई मृत घोषित गरियो, डाक्टरहरुले बेहोस डायनालाई होस सम्म पनि गर्न सकेन । सार्वजनिक रुपमा डायनाको मृत्युको समाचार दुई घण्टा ढीलो ६ बजे मात्र घोषणा हुन सक्यो किनकि राजकुमार चाल्र्सले बालमोरल दरवारमा रहेका डायनाका छोराहरु विलियम र हैरी ६ बजे मात्र वियुभ्दने गरिएको बताइन्छ । त्यस बखतका व्रिटेनका प्रधानमन्त्री टोनीब्लेयरले देशको नाउँमा शोक सन्देश दिए, डायनालाई जनताकी राजकुमारी (त्जभ एभयउभिुक उचष्लअभकक) बाट सम्बोधन गर्नुभयो । अमेरिकाका राष्ट्रपति क्लिन्टन आपूm अत्यन्त दुखी भएको र महारानी येलिजावेथ र राजकुमार चाल्र्सले यस दुखद समाचारबाट आपूmलाई धक्का लागेको र अधिक दुखी भएको यस दुखद समाचारबाट भनेका थिए । विश्वका मानिसहरुले डायनाको मृत्युबाट यस्तो दुखद धक्का महसुश ग¥यो जस्तो कि १९६३ ई. मा जौन एफ कैनेडीको हत्याको बखत विश्वले महसुस गरेको थियो । न्यूयोर्कबाट प्रकाशित न्यूजवीक को सितम्वर १९९७ को अंकमा जोनाथन अल्टरले लेखेको थियो कि राजकुमारी डायना कुनै देशको राष्ट्रपति नभएर पनि उनको निधनबाट कुनै रिक्तता त भएको थिएन तर पनि उनको मृत्युबाट विश्वमा शोकको वातावरण छाएको थियो । जोनाथनले लेख्नु भएको थियो कि उनको चाल्र्स सँगको विहेको १६ वर्षभित्र उनी विश्वकी सबै भन्दा प्रसिद्ध महिला मात्र नभै विश्वका बजारमा सबै भन्दा बढी विक्री हुने पत्रपत्रिकाका आधार पनि बनेकी थिइन । अर्थात जुन पत्र पत्रिका उनको समाचार आउथ्यो । त्यो पत्रपत्रिका बढी विक्री हुने गरेको थियो । राजकुमार िडायना लाखौंको हृदयलाई जितेकी थिइन ।

Comment


Related News

Latest News

Trending News