२०७९ आश्विन २८, शुक्रबार १७:०६
नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो ।
यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।


