अपडेट 
२०७९ आश्विन २९, शनिबार ०७:३३

धनुषाको जनकपुरधाम पिडारी चोकस्थित राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विद्याकर प्रसाद साहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका उप–प्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ । संस्थाको २१औं साधारणसभाको अवसरमा अध्यक्ष साहले संस्थाको चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना तथा अनुमानित आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले चालु आर्थिक वर्ष २०७९/०८० मा १ करोड ७१ लाख ३० रुपैयाँ जम्मा आम्दानी गर्ने अनुमान गरेको छ भने गत आर्थिक २०८९/०७९ को असार मसान्तसम्ममा १ करोड १२ लाख ७३ हजार ५ सय ९१ रुपैयाँ आम्दानी गरेको छ । जसमा संस्थाले १० लाख ३८ हजार ४ सय ९९ रुपैयाँ बचत गरेको संस्थाका प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थाले २०७९ भदौ मसान्तसम्ममा ६ करोड ५० लाख २० हजार १ सय ८७ रुपैयाँ ऋण लगानी गरेको छ । जम्मा १३ सय ३८ शेयर सदस्य रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी ६९ लाख ८२ हजार ५ सय रहेको छ । संस्थामा १ सय ९३ जना ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभाको अवसरमा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जनकपुरधाम पिडारी चोकस्थित कार्यालयमा ए टी एम (ATM) सेवाको समेत शुभारम्भ गरिएको छ । समाधारणसभाका प्रमुख अतिथि उपमहानगरपालिकाका उप प्रमुख साह र संस्थाका अध्यक्ष साहले ए टी एम सेवाको शुभारम्भ गरे । २०७५ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को सदस्यता प्राप्त गरेको सो संस्थाले गत ४ वर्षदेखि मोबाइल ब्यांकिङ्ग सेवासमेत संचालन गर्दै आएको अध्यक्ष साहले जानकारी दिए ।

संस्थाले टेलिफोन, विजुली, टि.भी. नेटवर्कको विल भुक्तानीसमेत गर्ने आएको भन्ने रेमिटान्सको कारोबारसमेत गर्दै आएकाले सदस्यहरु लाभान्वित भइरहेको संस्थाका संचालक समितिका राम नगिना राउतले बताए । यता २१औं वार्षिक साधारणसभाको अवसरमा संस्थामा आवद्ध शेयर सदस्य, ज्येष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणीलाई सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । संस्थाले ज्येष्ठ नागरिक महिन्द्र राउत, देवलाल ठाकुर र रामतोला देवीलाई सम्मान गरेको छ । यस्तै असल बचतकर्ताहरुमा माल्ती देवी, राजु साह, बेचन शर्मा र राघवेन्द्र मिश्रलाई सम्मान गरेको छ भने असल ऋणी तर्फ मालो देवी र उपेन्द्र मण्डललाई सम्मान गरेको छ । यस्तै संस्थाको कर्मचारीमा वरिष्ठ सहायक रामरतन रायलाई सम्मान गरिएको छ । साधारणसभाको अवसरमा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा जनकपुरधाम १० का वडाअध्यक्ष मिथिलेश लाल कर्ण, १३ का वाअध्यक्ष जीतबहादुर राउत, राष्ट्रिय सहकारी बैंक जनकपुरका प्रमुख विष्णु पराजुली, नेफ्स्कुन जनकपुरका कार्यालय प्रमुख राजेन्द्र ढकाल, ज्योती विकास बैंकका देवी चौलागाई, शुभारम्भ साकोसका सुधिर पाण्डे, बडहरी साकोसका गंगा बलम्पाकीले शुभकामना मन्तव्य सहित आ– आफ्नो धारणा राखेका थिए ।

नयाँ संचालक समिति चयन

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभाको अवसरमा निर्वाचन उप समितिले ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । निर्वाचन उप समितिका संयोजक अधिवक्ता कालेश्वर महतोले ७ सदस्यीय संचालक समिति चयन गरिएको र सो समितिको पहिलो बैठकबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य लगायतको पदाधिकारी तोकिने बताए । संस्थाको संचालक समितिमा विद्याकर प्रसाद साह, रामनगिना राउत, मिथिला लाल कर्ण, मधुकर कुमार उपाध्याय, महादेव साह, श्यामिका महतो र पुजा कुमारीलाई चयन गरिएको छ । यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजकमा अरुण कुमार मल्लिक तथा सदस्यमा राम नारायण मण्डल र पंकज मिश्रलाई चयन गरिएको निर्वाचन उप समितिका संयोजक महतोले जानकारी दिए । नयाँ संचालक समितिका पदाधिकारहिरुलाई सपथग्रहण समेत गराइएको छ ।

Comment


Related News

Latest News

Trending News