अपडेट 
२०७९ आश्विन २९, शनिबार ०७:५८

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जुली कुमारी महतो र धनुषा ३ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुर संयुक्त रूपमैं घर दैलो कार्यक्रममा व्यस्त देखिएका छन ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपाका उम्मेदवारद्वय महतो र ठाकुर आफ्नो गठबन्धनको लागि भोट माग्न व्यस्त देखिएका थिए । वडाको महावीर चोक हनुमान मन्दिरदेखि उत्तरको क्षेत्रमा बिहानैदेखि आफ्नो पार्टीका सयौं नेता कार्यकर्ताकासहित घरदैलो कार्यक्रम गरेका थिए । पछिल्लो समय नेकपा गठबन्धनका उम्मेदवारद्वय महतो र ठाकुर धनुषा ३ (ख) मा घरदैलोलाई निरंतरता दिदै आएका छन । जनकपुरधामको शहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएको कारण नै विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरंतरता दिएको प्रदेशसभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुरले बताए । ठाकुरले भने ,‘हामी आफ्नो गठबन्धनका तीनै जना पालैपालो धनुषा (१) र (२)मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता जुली महतोसंग समूहगत रूपमैं घरदैलो कार्यक्रमलाई अगाडि बढाइ रहेका छौं ।

Comment


Related News

Latest News

Trending News