अपडेट 
२०७९ आश्विन २९, शनिबार ०८:०६

जनकपुरधामका चर्चित मिठाइ व्यवसायी हंसराज एमालेमा प्रवेश गरेका छन् ।

उनलाई नेकपा एमालेका धनुषा निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभाका उम्मेदवार जुली महतोले पूmलमाला लगाएर लड्डू खुवाइ पार्टी प्रवेश गराएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको टिकट लिएर चुनाव लडेका हंसराज निर्वाचनमा पराजित भएसंगै उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका तत्कालीन उप–सभापति विमलेन्द्र निधिले पार्टी प्रवेश गराएका थिए । पार्टीमा निष्कृय रहदै आएका हंसराजले नेपाली कांग्रेस परित्याग नगरे पनि शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । करिव पाँच वर्षको राजनीतिक अवधिमा उनले तीनवटा पार्टी परिवर्तन गरिसकेका छन् भने उनलाई पार्टीमा ल्याउनका लागि ठूल ठूला नेताहरुको चाहना हुने गरेको छ । मिठाइ पसलले चर्चामा आएका हंसराजले कमाएको सम्पत्तिलाई सुरक्षित गर्नका लागि शक्तिशाली नेताहरुको शरणमा पुग्ने गरेको जानकारहरु बताउँछन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा अहिले पाँच दलीय गठबन्धनका उम्मेदवार अनिलकुमार झा र नेकपा–जसपा गठबन्धनका उम्मेदवार जुली महतोबीच प्रतिस्पर्धा देखिएका कारण हंसराज एमाले तिर ढल्केको जानकारहरु बताउँछन् । स्रोतका अनुसार पार्टी प्रवेश कार्यक्रममा ल्याइएको लड्डू पनि हंसराजले नै ल्याएको र नेतृ महतोलाई खुवाएर खुस पारेका थिए । अहिले जनकपुरधाम बजार क्षेत्रमा हंसराजको पार्टी परिवर्तनको माहिर खेलाडी भनेर चिन्हिन थालेको छ ।

Please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News