२०७९ आश्विन २९, शनिबार १३:०५

निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो ।

छलफलमा सुरक्षा निकायका अधिकारीहरुले उच्चपदस्थ सरकारी अधिकारीहरुलाई कार्यक्रममा सहभागी हुन बन्देज लगाउन कठिन हुने धारणा राखेका थिए । तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने भन्दै आचारसंहिता उल्लंघन हुने गतिविधि भए मौन नबस्न निर्देशन दिएका हुन् ।

संघीय सरकार र प्रदेश सरकारका मन्त्रिपरिषद् सदस्यले आफू उम्मेदवार भएको बाहेक अन्यत्र निर्वाचन प्रचारप्रसारमा भाग लिन पाउदैनन् । दलको प्रचारकको हैसियतले भाग लिनुपर्ने भए उनीहरुले निर्वाचन आयोगबाट अनुमति लिनुपर्नेछ । अनुमति लिए पनि उनीहरुले सरकारी स्रोत साधन उपयोग गर्न पाउने छैनन् ।

Comment


Related News

Latest News

Trending News