२०७९ आश्विन ३०, आईतवार ०६:४५

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार अनिल कुमार झाले देशमा लागेको ग्रहणलाई हटाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

शनिवार जनकपुरधाममा सत्तारुढ गठबन्धनका नगरस्तरीय संयुक्त नेता तथा कार्यकर्ता भेलामा नेता झाले भने,‘ यो सीता जीको नगरी हो पवित्र मनका साथ मुलुकमा लागेका ग्रहणलाई हटाउन निमित देशमा गठबन्धन बनेको छ । त्यसकारण हामीले इमन्दारीपूर्वक एकअर्कालाई मतदान गरौ ।’ गठबन्धन जितेको खण्डमा मात्रै कांग्रेसका सभापति शेरवहादुर देउवा पुनः प्रधानमन्त्री बनसक्छन, नेता झाले भने, त्यसकारणले पनि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ ।’ आफ्नो पार्टीको निर्णय र संगठन विपरीत कार्य गर्ने नेता तथा कार्यकर्तालाई पार्टीले कारवाही गरिसकेको उल्लेख गर्दै नेता झाले भने,‘मुलुकको लोकतन्त्र र संघीयतालाई जोगाइ राख्न सत्तारुरढ दलको प्रमुख जिम्मेवारी हो । भेलामा सहभागी प्रदेशका निवर्तमान मन्त्री तथा नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को ‘क’ मा उम्मेदवारी दिएका रामसरोज यादवले देशलाई दुर्घटनाबाट जोगाउन बनेको गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ गठबन्धनलाई मतदान गर्नुको विकल्प नरहेको दाबी गरे । त्यसैगरी,धनुषा क्षेत्र ३ को ‘ख’ मा लोसपाबाट उम्मेदवारी दिएका परमेश्वर साहले एमाले र जसपा गठबन्धनले मधेशी शहीदहरुको अपमान गरेको दाबी गरे । उनले शहीदहरुको सपना पूरा गर्न गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए । त्यस्तै,लोसपाका नगर अध्यक्ष मनोज चौधरीले विपक्षी दलका उम्मेदवारहरु आर्थिक रुपमा सम्पन्न भए पनि विचार र सिद्धान्तमा हामी उनीहरुभन्दा धेरै नै अगाडि रहेको बताए ।

कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष मनोज कुमार चौधरी, नेपाली कांग्रेसका प्रदेश सदस्य जीवनाथ चौधरी , नगर उपसभापति राकेश विक्रम साह, नेका पूर्व हज कमिटी अध्यक्ष मो. सोएब रेजा नेकपा एसका नेता शेष हसन, मओवादी नेता महनजी यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News