अपडेट 
२०७९ आश्विन ३०, आईतवार ११:३८

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम थियो ।

Comment


Related News

Latest News

Trending News