२०७९ आश्विन ३०, आईतवार १८:३४

पर्साको बननजिकै एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा पाटे बाघ मृत अवस्थमा फेलापरेको हो । राष्ट्रिय वनबाट करिब ३ सय मिटर दक्षिण भलुवाही खोला नजिकै झाडीमा आइतबार बिहान मृत अवस्थामा बाघ फेला भेटिएको हो ।

९ फिट ४ इन्चको उक्त मृत बाघको दुईवटा खुट्टा काटेर लगीएकोे अवस्थामा पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीन चार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए ।

मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्ट मार्टम गरेपछि मर्नुको कारण यकिन हुने जानकारी डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए ।

Comment


Related News

Latest News

Trending News