मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बारामा ५ सय ५५ वटा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन अधिकृत सरोज चौधरीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनपछि थपिएको १२ हजार ७ सय ४५ मतदातासहित जिल्लामा ४ लाख ३३ हजार ५०४ मतदाता रहेको जनाएको छ । शान्ति ,सुरक्षाको दृष्टिकोणले २ सय ६१ वटा मतदान केन्द्रलाई अति संवेदनशील ,२ सय ५ वटा मतदान केन्द्रलाई संवेदनशील र ८९ वटा मतदान केन्द्रलाई सामान्यको रुपमा वर्गीकरण गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । जसमध्ये महिलाको संख्या अधिक रहेको छ । महिला मतदाता २ लाख ३६ हजार ८८० र १ लाख ९६ हजार र ६१२ पुरुष मतदाता रहेका छन् ।
महिला पुरुष बाहेक अन्य समूह (तेस्रो लिङ्गी) १२ जना रहेका छन् । जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नं १ मा रहेका छन् । सो क्षेत्रमा १ लाख १९ हजार ३ सय ७५ मतदाता र बांकी ३ वटा संघीय निर्वाचन क्षेत्रमा भने १ लाख ३ हजारदेखि १ लाख ५ हजारको हाराहारीमा रहेका छन् । जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ र ४ पूर्वाधार विकासको दृष्टिकोणले सबैभन्दा धेरै महत्वपूर्णक क्षेत्र मानिन्छ ।


