२०७९ आश्विन ३१, सोमबार ०७:२८

क्षेत्र नं ३ लाई हत्यारा नेताबाट मुक्त गराउन आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओम प्रकाश जयसवालले बताएका छन् ।

यहाँका एक जना हत्यारा नेताले शक्तिको आडमा वर्षौदेखि सर्वसाधारण जनतालाई झुठो मुद्दामा फसाउने देखि लिएर एक अर्कालाई भिडाउने तथा विभिन्न हिंसात्मक गतिविधि गर्दै आएकोले यहाँका जनता आजित भइसकेको हुँदा आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन स्वतन्त्रबाट आफू उम्मेदवारी दिएको उनले बताए । कटहरियामा आइतवार पत्रकारहरु सँग कुराकानी गर्दै नेपाली कांग्रेसबाट बागी भइ स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका नेता जयसवालले सम्पूर्ण क्षेत्र नं ३ बासीको रक्षा, सुरक्षा र विकासको लागि आफू चुनाव जित्नुको विकल्प नरहेको बताए । मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं ३ लाई हत्या, हिंसा र विभिन्न जालझेलबाट मुक्त गराउन आफ्नो पक्षमा मतदान गरी आफूलाई विजयी बनाउन उनले सबैलाई आग्रह गरे ।

२०७४ सालमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्दा यहाँका जनताले अपार सहयोग र समर्थन गरेको भए पनि थोरै मतले पराजित भए पनि आफ्नो हौसला तथा मनोवल अलिकति पनि कम नभएको उनले बताए । गत चुनावमा आफू पराजित भए पनि निरन्तर जनताकोबीचमा रही जनताको सेवा गर्दै आएकोले यसपालीको निर्वाचनमा आफूले गरेको कामको मूल्यांकन गरी जनताले अवश्य निर्वाचित गराउनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News