२०७९ आश्विन ३१, सोमबार ०८:०४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतले आइतबार सर्लाहीको हरिवनमा चुनाव अवज्ञा अर्थात बहिष्कार जनसभा गरेको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको यो पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने यसअघि नै घोषणा गरिसकेको छ । कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय संयोजक धमेन्द्र बास्तोला (कन्चन), नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा देशभक्त गणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, माओवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक रोशन रानालगायतले मन्तव्य राखेको कार्यक्रम संचालक एवं पार्टीको सर्लाही जिल्ला इन्चार्ज निर्माणले जानकारी दिए । नेकपा (बहुमत) ले सर्लाहीमा आफ्m्ना गतिविधिसँगै संगठन विस्तारलाई अगाडि बढाइरहेको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News