अपडेट 
२०७९ आश्विन ३१, सोमबार ०९:०५

आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो ।

तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो ।

यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ ।  हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको थियो ।

यो विश्व कपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्ट इन्डिजले दुई पटक विश्व कप जितेको छ । यो विश्व कपको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

Comment


Related News

Latest News

Trending News