अपडेट 
२०७९ कार्तिक १, मंगलवार ०६:१५

पाँच दलीय गठबन्धनबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका धीरज पटेलले हत्या हिंसा र भ्रस्टाचारीलाई जनताले पराजित गरेर देखाउने बताएका छन ।

निर्वाचन प्रचार प्रसारको क्रममा रौतहटको कटहरियामा पत्रकारहरुसंग कुरागर्दै पटेलले आफ्नो विरुद्धमा भ्रम फैलाउनेप्रति सजग हुने आग्रह गरे । उनले जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको जिकिर गर्दै माओवादीमा शहीद भएका शहीदहरुको बलिदानीको गलत फायदा लिन नहुने धारणा राखे । १५ वर्षसम्म लूट खसोट , ह्त्या हिंसा र भ्रस्टाचार गरेकालाई यसपालीको निर्वाचनमा जनताले धूलो चटाउने दाबी गरे । गठवन्धनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गरेको कुरो अफवाह रहेकोले भ्रममा नपर्न क्षेत्रका मतदाताहरुलाई आग्रहसमेत गरे । पार्टीमा लामो समयको लगानी भएकोले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवार बनाएकोले आफ्m्नो उम्मेदवारी कायम रहेको जनाए । प्रचण्ड मुक्त नेपाल र माधव नेपाल मुक्त रौतहट बनाउने भन्ने प्रभु साह जातिवाद , परिवारवादको राजनीतिक गर्ने गरेको आरोप लगाउदै परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे । एमाले अध्यक्ष ओलीलाई प्रतिगमनकारी भन्ने साह ले मन्त्री पदको लोभ दिएपछि नेकपा एमालेमा गएको टिप्पणी गरे ।

बार्गेनिंग गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएका साह पुनः नेकपा माओवादीमा फर्किने पहल समेत गर्ने गरेको बुझिएको छ । रौतहट निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पटेल रहेका छन भने प्रदेश सभा क मा नेकपा एसका नागेन्द्र यादव र प्रदेश सभा ख बाट नेपाली कांग्रेसका जिल्ला सभापति जीतेन्द्र यादव उम्मेदवार रहेका छन ।

Comment


Related News