जनकपुरधाम । निर्वाचन आयोगले मधेश प्रदेशका विभिन्न ८ वटा जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवारहरुले गर्न पाउने खर्च विवरण सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुले कम्तीमा २७ लाख र बढीमा ३१ लाख सम्म खर्च गर्न पाउने मापदण्ड विवरण सार्वजनिक गरेको छ । विभिन्न समयमा निर्वाचन महंगो भएको गुनासो बढेपछि निर्वाचन आयोगले खर्चका लागि मापदण्ड निर्धारण गरेको छ । जस अनुसार सप्तरीका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवारले मात्रै २९ लाख खर्च गर्न पाउने छ भने सिरहाका चारवटै उम्मेदवारले पनि २९ लाख खर्च गर्न पाउने छन् । त्यस्तै,धनुषाका चारवटै निर्वाचन क्षेत्रमा एउटै खर्च विवरण रहेको छ । धनुषाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले २ ९ लाख मात्रै खर्च गर्न पाउने छ भने महोत्तरीमा पनि मात्रै २९ लाख खर्च गर्न पाउने छन् । त्यस्तै,सर्लाहीको निर्वाचन क्षेत्र नम्वर १ र ३ का उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने छ भने २ र ४ का उम्मेदवारले २९ लाख खर्च गर्न पाउने भएका छन् । त्यस्तै,रौतहटका प्रतिनिधिसभाका चारवटै निर्वाचन क्षेत्रकालागि एक नासे खर्च गर्न पाउने तोकिएको छ । रौतहटका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने भएका छन् । त्यस्तै,बाराका निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने छ भने २,३ र ४ का उम्मेदवारले २ ९ लाख सम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै,पर्साका निर्वाचन क्षेत्र नम्वर १,२र ३ का उम्मेदवारले २७ लाख सम्म मात्र खर्च गर्न पाउने छ भने ४ का उम्मेदवारले २९ लाख खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।


