२०७९ कार्तिक १, मंगलवार ०७:०६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस रकमसहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई पक्राउ गरेको छ ।

अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको को मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छन् । सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जनाए । उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।

Comment


Related News

Latest News

Trending News