२०७९ कार्तिक १, मंगलवार ११:५५

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार (असोज महिनाको अन्तिम कारोबार दिन) सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार चाँदीको मूल्यमा भने कुनै घटबढ भएन। मंगलबार पनि चाँदीको मूल्य सोमबारको जस्तै प्रतितोला १ हजार १६० रुपैयाँ रहेको महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News