सत्ता गठबन्धनले राष्ट्रिय जनममोर्चाको हस्ताक्षरविना नै मंगलवार संयुक्त अपील जारी गरेको छ ।
देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर रहेको छ ।
हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताउनुभयो । उहाँले आफू चुनावी अभियानमा रहेको बताउनुभयो । यसलाई लिएर कतिपयले जनमोर्चा गठबन्धनबाट बाहिरिएको आशंका गरिएको छ ।
संयुक्त अपिलमा सत्तारुढ पाँच दलीय गठबन्धनका मुख्य तीन दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बहुमतसहित जिताउन अपिल गरेका छन्।
गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर यस्तो अपिल गर्नुभएको हो । उहाँहरुले अझै पनि प्रतिगमनको खतरा रहेको पनि जिकिर गर्नुभएको छ । तीन नेताले गठबन्धन दलहरुले लिएको उद्देश्य र लक्ष्यप्रति आमनेपाली जनताको समर्थन र सहयोग रहदै आएको पनि जिकिर गर्नुभएको छ ।