अपडेट 
२०७९ कार्तिक १, मंगलवार १६:३५

देशभर थप १ हजार ७१४ जना डेंगी रोगी थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगी रोगी देखिएको विवरण प्राप्त भएको हो।

त्यस्तै, थप १ जना डेंगी रोगीको पनि मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ। २०७९ साउनदेखि सुरु भएको डेंगी रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

Comment


Related News

Latest News

Trending News