अपडेट 
२०७९ कार्तिक २, बुधबार ०८:१५

राजविराज । प्रधानमन्त्री कप छनौट प्रतियोगिताको पहिलो खेलमा धनुषा क्रिकेट टीम विजयी भएको छ ।

मंगलबार राजविराजस्थित टियु मैदानमा ४ विकेटले महोत्तरीलाई धनुषा क्रिकेट टीमले पराजित गर्दै विजयी भएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको महोत्तरी निर्धारित ५० ओभर खेल्न सकेनन् । महोत्तरीले ४२ ओभर पाँच बलमा दश विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । एक सय २६ रनको लक्ष्य पाएका धनुषा टीमले ३० ओभर दुई बलमै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । खेलको म्यान अफ द म्याच धनुषाका आकाश राय घोषित भएका थिए । उनले आठ ओभर बलिङ गर्दै मात्र २४ रन खर्चेर चार विकेट लिएका थिए । धनुषाका दिब्यांशु मल्लिक एक मेड्नसहित ९ ओभर पाँच बल फाल्दै ३२ रन खर्चेर चार विकेट लिए । यस्तै, धनुषा टीमको कप्तान हरिशंकर साह एक ओभर बलिङ् गर्दै १४ रन खर्चेर एक विकेट लिएका थिए । धनुषाका अन्य बलरले विकेट लिन सकेनन् । महोत्तरीको लागि ब्याटिङ् गर्दै नवीन यादवले सर्वाधिक एक सय पाँच बल सामना गर्दै ३८ रन बनाए । महोत्तरीका विनोद सहनी ७४ बलमा २६ रन र श्याम मण्डलले १६ बलमा ९ रन मात्रै बनाए । महोत्तरीका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धनुषाका लागि ब्याटिङ गर्दै विशाल शुशलिङले सर्वाधिक ६६ बलमा ४३ रन, प्रशुराम यादव ३४ बलमा ३० रन र रञ्जित यादव ३९ बलमा १९ रन बनाए । महोत्तरीको लागि नवीन यादवले उत्कृष्ट बलिङ गरेका थिए । उनले एक मेडनसहित तीन ओभर बलिङ गर्दा मात्र १२ रन खर्चेका थिए । महोत्तरीको लागि नितेश यादव, विनेश सहनी, अविनाश तिवारीले समेतलेएक÷एक विकेट लिए भने रमेश सहनीले दुई विकेट लिए ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=R9LPU7poSSo

Comment


Related News

Latest News

Trending News