रौतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै रौतहटका राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन ।
अहिले उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु यतिखेर विभिन्न चुनावी प्रतिवद्धतापत्र सहित आ–आफना पक्षमा मत माग्न जनताको घरदैलोमा पुग्न थालेपछि रौतहटको चुनावी माहोल यतिखेर पुरै तातेको छ । जनता समाजवादी पार्टी र नेकपा एमालेका संयुक्त गठबन्धनका रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसदका उम्मेदवार योगेन्द्र यादवले पनि अहिले घरदैलो अभियानलाई तीव्र गतिमा अगाडि बढाएका छन् । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री समेत रहेका प्रदेश सांसदका उम्मेदवार यादवले आफना निर्वाचन क्षेत्रको माधवनारायण नगरपालिका ४ विपुनपूर्वा मानपुरबाट सोमवारदेखि घरदैलो अभियानको सुरुवात गर्दै यस क्षेत्रलाई आफूले विकसित र समृद्ध बनाउने गरेको परिकल्पनालाई पूरा गर्न आफूलाई पुन एकचोटी विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन् । आफू पुनः दोश्रो कार्यकालको लागि निर्वाचित भएमा क्षेत्रका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पूरा गर्ने उनले बताए । आफूले विगत पाँच वर्षमा गरेको कामलाई हेरेर आम जनताको आफूप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफ् नो जित कसैले रोक्न नसक्ने उनले दाबी गरे ।


