२०७९ कार्तिक २, बुधबार ०८:२६

धनुषामा नेकपा एमालेकी नेतृ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

एमालेबाट समानुपातिकको बन्द सूचीमा सिफारिस भएकी फुल कुमारी महतो मंगलबार कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई पार्टीमा कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन क्षेत्र ४ का उम्मेदवार महेन्द्र यादवले स्वागत गरेका थिए । नेतृ महतोको नाम प्रदेशसभा सदस्यका लागि मधेशीतर्फ बन्दसूचीको ९ नम्बरमा एमालेले नाम राखेको थियो । उनी एमाले निकट अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । नेतृ महतोले पार्टीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । नागरिकता विधेयक प्रमाणीकरणमा एमालेले असहयोग गरेको उनको आरोप छ । नागरिकता विहीन मधेशीको विषयमा एमाले सकारात्मक नभएको भन्दै उनले पार्टी त्याग गरेको प्रतिक्रिया दिइन् । पछिल्लो समय कांग्रेसले यही क्षेत्रमा एमाले नेता डा.संजीव यादवलाई पार्टीमा प्रवेश गराएका थिए । त्यसअघि जसपा नेता शेष नारायण यादवलाई कांग्रेसमा प्रवेश गराएर प्रदेशसभाको उम्मेदवार पनि बनाएका छन् ।

Comment


Related News

Latest News

Trending News