सर्लाहीको वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ । सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षका कार्की गोली प्रहारबाट घाइते भएका छन् ।
उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।